नाप नक्सा गरेर छुट भएका जग्गा दर्ता गर्न आह्वान
सरकारले नाप नक्सा भएको, तर दर्ता गर्न छुट भएका जग्गा दर्ताका लागि आह्वान गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले नाप नक्सा भएको, तर दर्ता गर्न छुट भएका जग्गा दर्ताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
Advertisement 1
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद राजपत्रमा सूचना प्रकाशन भएको मितिले दुई वर्षसम्म दिन पाउने व्यवस्था गरेको हो ।
मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुटेकालाई आगामी दुई वर्षसम्म निवेदन दिन सक्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । मन्त्रालयले बिहीबार राजपत्रमा सूचता प्रकाशित गरेको हो ।
Advertisement 2
यस्तै कार्यालयमा यस अघि नै निवेदन दिएर पर्छयौट हुन बाँकी रहेका पुराना निवेदन पर्छर्यौट गर्ने म्याद राजपत्रमा सूचना प्रकाशन भएको मितिले दुई वर्षसम्म तोकिएको छ ।