न्यायधीशकी पत्नीद्धारा सर्वाेच्च अदालतमै आत्मदाहको प्रयास
भनिन्छ,न्याय दिलाउने व्यक्ति न्यायाधीश हुन् । न्यायालयको प्रमुख अधिकारी जो पीडितलाई न्याय दिनका लागि बसेको हुन्छ,ऊ नै न्यायाधीश हो । तर, न्यायको कुर्सीमा बसेका न्यायाधीशले नै न्याय मार्ने काम गरेपछि पीडितहरु मर्कामा पर्ने गरेका छन् ।
Advertisement 1
न्यायाधीशकै श्रीमती न्याय नपाएर हारगुहार गरिरहेको धेरैलाई अनौठो लाग्न सक्छ । न्यायधीशकै श्रीमतीले रामशाहपथस्थित सर्वाेच्च अदालत परिसरमै आत्मदाहको प्रयाश गरेकी छिन् ।
घटना,आइतबारको हो । प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ सर्वाेच्च अदालतमा प्रवेश गर्नुभएको केही समय पछि नै न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर एक महिला सर्वाेच्च अदालतमा प्रवेश गरिन । भित्र पस्नासाथ जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेर उनलाई आत्मदाह गर्नबाट प्रहरीले बचाएको छ ।
यसरी सर्वाेच्चमै आत्मदाह प्रयास गर्ने महिला हुन आरती रावल गिरी ।
Advertisement 2
जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल गिरी न्यायका लागि भौँतारिरहँदा न्याय नपाएको भन्दै अदालतभित्रै आत्मदाहको प्रयास गरेकी हुन ।
लामो समयदेखि न्यायाधीश गिरीसंग प्रेममा रहेकी आरतीले २०७५ वैशाख २९ गते त्यसलाई वैवाहिक सम्बन्धमा परिणत गरिन् । उनले आफूलाई साँच्चै माया गर्छन् भन्ने सोचेर जीवनसाथी बनाएकी आरतीले त्यसपछि नपाउनु दुःख पाइन् ।
Advertisement 3
आरतीले न्यायधीश श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।
अहिले आरतीलाई प्रहरीले उद्धार गरी उपचारका वीर अस्पतालमा लगेको छ ।