२९ वर्ष सरकारी सेवा, पन्ध्र करोड अवैद्य आम्दानी :भ्रष्टाचार मुद्धामा विशेषबाट दोषी ठहर

राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका मदन प्रसाद गुप्तासहितका कर्मचारीहरु ।

Advertisement 1

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता, लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको हो। अदालतले चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ।

Advertisement 2

मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारीमा रहेका गुप्ताले २०४७ असार २७ गतेदेखि २०७६ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा विशेषमा मुद्धा दायर गरेको थियो ।
मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोमा दुई प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई विशेषले दोषी करार गरेको हो ।
अख्तियारका अनुसार, गुप्ताको वैध आय चार करोड ५४ लाख ७२ हजार २४६ देखिएको र सरकारी सेवामा रहँदा १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

पदीय दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले गुप्ताका परिवारसहितलाई झन्डै पन्ध्र करोड बिगो माग्दै अदालतमा मुद्धा दायर गरेको थियो ।

Advertisement 3

भ्रष्टाचार मुद्दामा गुप्ता, श्रीमती रिता देवी, छोरा विक्की गुपुता र रकी गुप्ताको नाममा उनले सम्पत्ति राखेको पाइएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको थियो अख्तियारले ।

यस्तै, आफन्त कविता कुमारी, निरजकुमार गुप्ता राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी कायम गरिएको छ।

गुप्ताले परिवारका सदस्यहरूका नाममा घर खरिद तथा निर्माणमा ४ चार करोड ८ लाख ७१ हजार रुपैयाँ खर्च गरेको देखिएको छ।

परिवारका सदस्यका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार एक सय, बैंक तथा वित्तीय संस्थाको कर्जा र कर्जा चुक्तामा तीन करोड २७ लाख ४५ हजार १२, पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २६०, सवारीसाधन खरिदमा २७ लाख ६२ हजार पाँच सय रुपैयाँ खर्च भएको देखिएको अख्तियारको दावी थियो ।

यसैगरी, परिवारका सदस्यबाहेक अन्य व्यक्ति कविता कुमारी, राजेशकुमार गुप्ता, इन्दिरादेवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गामा पाँच करोड २७ दाख ८९ हजार पाँच सय, निरजकुमार गुप्ताको नाममा सवारीसाधन जिप खरिदमा ४० लाख, राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प)मा लगानी ४० लाख लगानी गरेका र यस्का अलवा विभिन्न बैंक खाताहरूमा दुई करोड पचासी लाख २८ हजार ८९२ मौज्दात देखिएको अख्तियारले जनाएको छ ।

 

प्रकाशित :२०८० पुष २८, शनिबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry