नक्कली भूमिहीन बने कारबाही, गलत विवरण दिए जग्गा फिर्तासमेत हुन सक्ने

काठमाडौं । भूमि समस्या समाधान समितिले नक्कली भूमिहीन बनेर सरकारी जग्गा प्राप्त गर्ने प्रयास गर्ने वा गलत विवरण पेस गरी जग्गा तथा संरचना लिने व्यक्तिमाथि कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

Advertisement 1

समितिले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मात्र लाभ पुग्ने गरी प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै झुट्टा विवरण, नक्कली कागजात वा गलत सूचनाका आधारमा सुविधा लिन खोज्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको हो।

समितिका अनुसार छानबिनका क्रममा झुट्टा विवरण पेस गरेर जग्गा वा संरचना लिएको पुष्टि भए त्यस्तो सुविधा खारेज गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया पनि अघि बढाइनेछ।

Advertisement 2

भूमि व्यवस्थापन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन सबै निवेदकलाई वास्तविक विवरण मात्रै पेस गर्न तथा कुनै पनि प्रकारको गलत सूचना नदिन समितिले आग्रह गरेको छ।

प्रकाशित :२०८३ श्रावण २१, बिहीबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry