सार्वजनिक प्रशासनमा मुल्य शिक्षा, पुर्वीय दर्शन,नैतिक आचरण र अध्यात्मवाद
विषय प्रवेश
सामान्य अर्थमा, मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्वलाई इंङ्गित गर्छ । मूल्य व्यक्ति वा समाजको रुची, चाहना, छनौट र आवश्यकताका आधारमा सृजित हुन्छ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ ।मानव मुल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो । शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो । यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पु¥याउने व्यक्ति शिक्षित व्यक्ति हो । नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक क्षेत्र व्यवस्थापनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेश्ी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ । मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । मानव मूल्यको बारेमा चिन्तनमनन्, खोजी, यसको अस्तित्व कायम राख्ने संघर्षमा धेरै महत्वपूर्ण क्रान्तिहरु भएका छन् । मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन् । सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे, भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र शासन व्यवस्था नै कुरुप भएको अवस्था छ । यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मुल्यमा आधारित शिक्षा, सामाजिक मुल्य मान्यता, नागरिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।
Advertisement 1
मानवीय मुल्य
मानवलाई मुल्यवान र सम्मानजनक वनाउन अवलम्वन गरिएका प्रयासहरुलाई मानव मुल्य भनिन्छ । मानव मुल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्नु पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ । नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डो¥याउने प्रयास हुँदै आएको छ ।समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ । नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ ।
मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि ,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ । वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ । मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन् । समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ । मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।
नैतिक मूल्य र मान्यता
नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन जोड दिन्छ । पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ । अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ । सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणहरुलाई व्यवहारमा नै प्रयोग गर्न उत्पे्ररित गराउनु पर्छ । बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ । समाजका आधारभूत मान्यता र चरित्रहरुबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ । समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ । व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार वनाइनु पर्दछ ।
पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ । समाजमा बस्ने मानिसहरुको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ । समाजमा सद्गुणी,आचरणयुक्त,विवेकी,न्यायपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ । व्यक्तिको मुल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत सगै अगाडि बढाउनु पर्छ । सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ । समय समयमा जनचेतनामुलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर सामाजिक क्लब, संघसंस्थाहरुलाई परिचालन गरी समाजको कुरिती र कुसंस्कारको अन्त्य गर्न प्रयोग गर्नु पर्दछ । हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यतावारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ ।
Advertisement 2
मूल्यमा आधारित शिक्षा
सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो । शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो । यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पु¥याउने व्यक्ति शिक्षित व्यक्ति हो ।नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो ।वर्तमान शिक्षाले भाषा र अवधारणा सिकायो । तर, आफूसँग र अरूहरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउन सकेन । आजकलको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा भवनमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको रहेको छ ।
हामीले बालक पे्रम, इमानदारी, सत्यनिष्ठा, सहनशीलता, करुणा, विवेकी, नैतिकवान र त्यागजस्ता गुणका साथ ज्ञानी र बुद्धिमानी होस् भन्ने चाहन्छाँै । सत्य, सत्व्यवहार, शान्ति, पे्रम र अहिंसाजस्ता मानवीय मूल्यहरू राम्ररी बुझेर व्यवहारमा ल्याउन र अरूलाई पनि त्यो कुरा बुझाउन र व्यवहारमा ल्याउन पे्ररित गरी जीवनमा सुख र शान्ति पाऊन् भन्ने चाहन्छौँ । यी र माथिका सबै गुणहरू एकै शब्द– उत्कृष्टताभित्र पर्छन् । उत्कृष्टता प्राप्त गर्नका लागि बालक सिकाइ–पद्धतिमार्फत जानुपर्छ ।।समाजको चाहनाअनुसार शिक्षाका केही लक्ष्यमध्ये राम्रो श्रेणीमा उत्तीर्ण हुनु, नाम चलेको विद्यालयमा भर्ना पाउनु, धेरै पैसा कमाउने नोकरी पाउनु, अरूसँग सुमधुर सम्बन्ध हुनु र आत्मविश्वास बढ्नु हुन् । तर, हाम्रो जीवनमा शिक्षा चार कुराहरूमा आधारित छ ः जान्नका लागि शिक्षा, गर्नका लागि शिक्षा, जिउनका लागि शिक्षा, बन्नका लागि शिक्षा ।तसर्थ हामीलाई एउटा यस्तो शैक्षिक प्रणाली चाहिएको छ, जुन नैतिकता, पे्रम, विश्वास र आपसी सहयोगमा आधारित होस् । जहाँ शिक्षकलाई उदाहरणीय बन्न जोड दिइन्छ । जसले अभिभावकको प्रतिबद्धता र सहभागितालाई जोड देओस् र जसले बालकलाई सूचना थुपार्नेमात्र नभएर रूपान्तरणमा बढी जोड देओस् । मानवीय मूल्यमा आधारित शिक्षाले यिनै कुराहरूलाई लक्ष्यका रूपमा लिएको छ । हामीले अध्यापन गर्ने सबै विषयमा मानवीय मूल्यहरू समाहित गर्न सकियो भने त्यसको परिणाम शैक्षिक सफलतामा मात्र सीमित नभई, बालबालिकाको चौतर्फी विकासको उत्कृष्ट समिश्रण हुनेछ ।वर्तमान शिक्षा प्रणालीले मस्तिष्क र हातमा प्रशस्त जोड दिएको छ । तर, प्रवृत्ति विकासमा लागि हृदयमा दिनुपर्ने खुराक पुगेको छैन । हृदयलाई पवित्र बनाउनका लागि तथा हामीमा असल गुणहरूको विकास गर्नका लागि मानवीय शिक्षाको आवश्यकता पर्छ । शिक्षाले मानिसमा ज्ञान, समय र संयमतासहित हृदयमा करुणा र सेवाभाव जगाउन सक्नुपर्छ । त्यसैले शिक्षा जानकारीका लागि होइन, रूपान्तरणका लागि हुनु पर्दछ । यसले जीवनको उद्देश्य ‘मानवीय उत्कृष्टताको प्रस्फुटन’ गराउँन सक्नु पर्दछ । यसले हरेकको बानी र चरित्रमा रूपान्तरण ल्याउन सक्नुपर्छ ।
मानव केवल मासुको डल्लो होइन अनि मानव ज्ञानी, विवेकी तथा चेतनशील मात्र पनि छैन । मानव त माया, दया, करुणा, रीस, आवेग, संवेग, घृणा, आक्रोश लगायतको पुञ्ज हो । मानव सामान्य प्रकृतिप्रदत्त जीव हो । यसले आफू बाँच्न र अस्तित्वको बोध गर्न समाज बनायो । राज्यव्यवस्था र प्रणाली बनायो । मूल्य र मान्यताको निर्माण ग¥यो । अनि यसै प्रणाली र मूल्यहरूमा बाँधिन पुग्यो । अहंको निर्माण भयो । त्यही जिजीविषामा यसले जीवनलाई बचाइरहेछ । आफूमा महानता बोधको प्रयासमा क्रियाशील छ । यही समाजले निर्माण गरेका मूल्य र मान्यताको जगमा कोही मानिस महान् भएका छन् भने कोही मूल्यहीन । महान् हुने प्रयासमा मानिसले विभिन्न कार्यहरू गरेको छ । स्रोत र साधनमाथिको हस्तक्षेप अनि स्वामित्वमा एकाधिकार, शक्ति, सत्ताको निर्माण, ज्ञान, सीप, विज्ञान र प्रविधिको निर्माण यसैका परिणाम हुन् ।
पर्वीय दर्शनको दार्शनीक पक्ष
दर्शनको शाब्दिक अर्थ हेर्नु, देख्नु, केलाउनु भन्ने बुझिन्छ । संस्कृतमा दर्शनलाई दृश्यते अनेन इति दर्शनम् भनिएको छ । यसको अर्थ देखिएको वस्तुको अर्थ निकाल्नु वा त्यस्तो हेराई, जसले सम्पूर्णताको अध्ययन गरी साकार परिणाम दिन्छ भने त्यो दर्शन हो भन्ने बुझिन्छ । दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । यसबाट के बुझिन्छ भने दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । त्यस कारण दर्शनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ भन्न सकिन्छ । दर्शनका पनि विभिन्न क्षेत्रहरू हुन्छन् । जस्तै, सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने क्षेत्रहरू । जसलाई तत्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ । यी क्षेत्रका पनि अनेक उपक्षेत्र पनि छन्, जसले सृष्टि विज्ञान, धर्मशास्त्र, मानिसको स्वरूप, वास्तविकता र पहिलो पदार्थका बारेमा अनेक व्याख्या गरेको छ । त्यस्तै, मानिसको ज्ञान ईश्वरीय वाणीबाट र धर्मग्रन्थबाट, आधिकारिक विज्ञबाट, अन्तरमनले देखेर, तर्क र अनुभव जस्ता माध्यमले प्राप्त हुन्छ भनी दर्शनशास्त्रले व्याख्या गर्दछ ।दर्शनलाई सरसर्ती अध्ययन गर्दा पूर्वीय र पाश्चात्य दर्शन भनी वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ । पाश्चात्य दर्शन युरोप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ । यस लेखमा पर्वीय दर्शनको दार्शनीक पक्ष ,पूर्वीय दर्शन तथा सभ्यताको आधारभुत सिद्धान्त र तिनको नेपाली समाज,संस्कृति,परम्परा,मूल्य र समग्र शासकीय व्यवस्था र सार्वजनिक प्रशासनमा परेको प्रभावको वारेमा विश्लेषणत्मक प्रस्तुती गरिएको छ ।
पूर्वीय दर्शनले पूर्वी तथा दक्षिण एसियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँदछ । खासगरी भारतवर्ष भनेर चिनिने दक्षिण एसिया क्षेत्रमा उत्पत्ति भएका हिन्दु दर्शन, जैन दर्शन र बौद्ध दर्शन बढी प्रभाव भएका पूर्वीय दर्शन हुन्, जसको ठूलो प्रभाव दक्षिण एसियाका अलावा दक्षिणपूर्वी एसिया, तिब्बत र मंगोलियामा समेत छ । भारत वर्षमा विकसित भएको वा भारतीय दर्शनलाई नै पूर्वीय दर्शन भनिन्छ । पूर्वीय दर्शन अन्तर्गतको मुख्य दर्शन नै हिन्दू दर्शन हो । दर्शनशास्त्रमा प्रशस्त गरिएका पथहरुले व्यक्तिलाई असल त बनाउँछन् नै साथै उसका हरेक कर्म सदाचारयुक्त बनाउनमा सहयोग गर्दछ । पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो ।नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ । आजपनि पूर्वीय परम्परा अनुसार पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्ने जस्ता कार्यहरु नेपाली समाजमा जीवन्त छन् । स्वालम्बी बन्ने, परोपकार गर्ने,सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने र अचारविचार असल बनाउने जस्ता वैदिक दर्शनका उपदेशहरू अभ्यास भइरहेको पाइन्छ। हिन्दु र बौद्ध धर्म एवम् दर्शनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्परा अनुरूप आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरु गरिन्छन् । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो वर्षहरूमा बढ्दो क्रममा देखिन्छन् ।
युोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय दर्शनले स्पष्ट पारेको छ । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन्छ। पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ ।अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्क हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार हुन्छ, जसको एक स्वरुप मानब रुप पनि हो र सबै मानव सबै जीव सबै जन्म मृत्यु पछि परमात्मा मै फर्कन्छन । हाम्रो आत्मा पनि परमात्माको नै सानो अंश हो ।परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ भनी पर्वीय दर्शनको दार्शनीक पक्ष रहेको छ । पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेदलाई मानिदै आएको पाइन्छ । ‘वेद समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ। मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ। वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा दार्शनिक विचारधाराको प्रवाह पाइए पनि तिनीहरू दर्शनका पृष्ठभूमि रहेको देखिन्छ । दर्शन हुनका लागि चाहिने आवश्यक मापदण्डहरू वैदिक कालमा कम मात्रामा प्रयोग गरिएको पाइन्छ । पूर्वीय दार्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पश्चात्य जस्तो प्रचारमा यो छैन। पूर्वीय दर्शन हिन्दु नीतिव्यवस्थामा आधारित छ। अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ। हिन्दु शास्त्रव्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन्। मर्यादा पुरुष भगवान रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ। श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्छ। उनले भनेका थिए– ’ठूलाका वाणी नीति बन्छ।’ यसको मतलव ठूला व्यक्तिहरु स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो। गीतामार्फत भगवानले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्व दिएका थिए जो मानव समाजका आधारमूल्य हुन्। गीताका वाणीहरु सर्वकालीन छन्।
सार्वजनिक क्षेत्र व्यवस्थापनमा अध्यात्मवाद
अध्यात्मवाद आत्मालाई ब्रह्माण्डको जराको रूपमा लिने एक वैचारिक विचार हो। अध्यात्मवादको एउटा मत अनुसार भौतिक जगत परमात्मा र त्यसका गुणहरूको प्रकटीकरणको माध्यम हो। जबकि अन्य अध्यात्मवादीहरूका लागि यो मानव चेतनाको भ्रम हो। अध्यात्मवादका प्रवक्ताहरूले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व छ भनी विश्वास गर्छन्। सुसंगत अध्यात्मवादीहरूले आधुनिक विज्ञानका उपलब्धिहरूलाई झूटो ठहराउँछन् र विज्ञानलाई आत्मा र ईश्वरीय कानूनमा अन्धविश्वासको साथ बदल्ने प्रयास गर्छन्। अध्यात्म भनेको छालाले नदेखिने यथार्थ हो, यसलाई बुझ्न आत्मज्ञान चाहिन्छ। पूँजीवादी दर्शनमा अध्यात्मवादको अर्थ अक्सर आदर्शवाद हो। अध्यात्मवाद त्यो विचारधाराको नाम हो, जसमा आत्मालाई सबैको मूल मानिन्छ ।
अध्यात्मवाद एक विज्ञान हो जसले हामीलाई धार्मिक मार्गमा लैजान्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ । यो आफुले आफैलाई चिन्ने कला हो । म को हुँ? म यो धर्तीमा किन आए? ,मेरो कर्तव्य के हो ? मानव जीवनको उद्धेश्य के हो ? जस्ता शास्वत प्रश्नको खोजी अध्यात्मवादले गर्दछ । आत्मको वास्तविक परिचय मानवता र आत्माबाट सुरु हुन्छ। जर्ज बर्नार्ड शले संसारलाई प्रत्येक व्यक्तिको नाम अगाडि “मानव“ राख्न प्रस्ताव गरे जसमा हामी पहिलो मानव हौं र केवल हाम्रो नाम, पेशा र अन्य धेरै आउँछन्। हामीलाई तोकिएको कर्तव्य वा कार्यको बारेमा हामीले “म कहाँ जाँदैछु?“ प्रश्नहरूको बारेमा स्पष्ट हुनुपर्दछ। “मैले विशेष पेशा किन रोजें?“ तब मात्र हाम्रो जीवन क्रिस्टल बन्छ र अर्थपूर्ण रूपमा अगाडि बढ्छ।आफ्नो जीवनमा अध्यात्मको खेतीले अभ्यासीलाई अरूलाई पनि आफूसँग मिल्ने र सधैं सत्यको पालना गर्न लगाउँछ। सार्वजनिक सेवाको माग र आपूर्तिबीचको मेलमिलाप गर्नका लागि जनसेवकमा समानुभूति, सहिष्णुता, करुणा र अन्य आधारभूत मूल्यहरू हुनुपर्छ । यी मूल मूल्यहरू तब मात्र सिर्जित गर्न सजिलो हुन्छ जब एक व्यक्तिले आध्यात्मिक मार्ग लागू गर्न चाहान्छ । अर्को महत्वपूर्ण पक्ष यो हो कि एक आध्यात्मिक व्यक्ति सम्पत्ति र अहंकार त्याग गर्न तयार हुन्छ र दृष्टि र कर्मको एकीकृत रूप हो।
Advertisement 3
अध्यात्मवादले हाम्रो आत्मालाई यसको केन्द्रविन्दु मान्दछ। विज्ञानको एक धेरै महत्वपूर्ण क्षेत्रको रूपमा यसले मनोवृत्ति, योग्यता र उचाइ मात्र होइन तर एकै समयमा तीनवटै कुराको ख्याल राख्छ । स्टिभ जब्सले अध्यात्मवादलाई आधुनिक युगको धर्म मान्छन् । अध्यात्मवादले विभिन्न धर्मद्वारा प्रस्तुत गरिएका सबै तर्कहरूलाई समेट्छ र एकीकृत समाधान दिन्छ । धर्मलाई अध्यात्मवादको माध्यम मान्न सकिन्छ । एकचोटि हामीले आफूमा अध्यात्मवादलाई सिकाएपछि जीवनमा हाम्रो क्षमता बढ्छ र हामी प्रत्येक पल जागृत रहन्छौं। यो व्यक्तित्वमा परिष्करण हो जसले ज्ञान र सामाजिक कल्याणको साथ समग्र जीवन बिताउन मद्दत गर्दछ । मानव सभ्यताको क्रममा विकसित र प्रयोग हुने तीनवटा मुख्य पूँजीहरू छनः भौतिक पुँजी, मानव पुँजी र आध्यात्मिक पुँजी । यी मध्ये आध्यात्मिक पुँजी नै सर्वोत्कृष्ट हो जसले समग्र जीवनलाई सरल बनाउँछ ।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ । यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो । सार्वजनिक व्यवस्थापनमा आध्यात्म्कि मुल्य मान्यताको विकासवाट सार्वजनिक प्रशासनलाई स्वच्छ, सवल, पारदर्शी, समावेशी, जनसहभागीतामुलक, नवप्रर्वनतमुखी, गतिशिल वनाउन सकिन्छ । सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी र जिम्मेवार वनाँउदै समग्र सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त वनाउन सार्वजनिक प्रशासनमा आध्यात्मिक मुल्य मान्यताहरुलाई आनिवार्य रुपमा आत्मसात गर्नुपर्दछ । नेपालले लोकतान्त्रिक संघीय शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नु पर्दछ । नेपाली जनताले सनातन कालदेखि धारण गर्दै आएको धर्म, समय सापेक्षिक रुपमा परिवर्तन हुँदै गएका मानवीय मूल्य र विचारले सामाजिक–राजनीतिक मूल्यलाई बलियो बनाउन मद्दत गर्छ, जसका कारण राज्य र नागरिकबीचको सम्बन्ध सुमधुर हुन जान्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ ।
निष्कर्ष
सर्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, विश्वसनीय, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे,भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र सार्वजनिक क्षेत्र व्यवस्था नै कुरुप भएको अवस्था छ । यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मुल्य, मुल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।