नेपालको राजनीतिमा सम्भावित नयां अभ्यास
देशको मूल नीति राजनीति हो। देशमा बन्ने अन्य नीतिहरू यस कै आधारमा बन्ने गर्छन्। अहिले विश्वमा देखिएका राजनीतिक विचारधारा हेर्दा तीन किसिमका विचारधारा छन्। राजनीति अर्थ नीति संग जोडिएको हुदा यसैका आधारमा राजनीतिक विचार धारा बन्ने गरेको पाईन्छ।
Advertisement 1
पहिलो बिचार धारा प्रजातान्त्रिक विचारधारा हो। राजनीतिक रूपमा ब्यक्तिगत स्वतन्त्रता,जनमतको आधारमा सरकार निर्माण,बहुदल र बहुलवादमा आधारित,नागरिक हक, स्वतन्त्र न्यायपालिका,मानव अधिकार र अर्थतन्त्र निजी क्षेत्रको योगदानमा आधारित हुन्छ, यसलाई लोकतान्त्रिक वा प्रजातान्त्रिक विचारधारा भनिन्छ।
दोश्रो विचारधारा राज्य नियन्त्रित अर्थ ब्यबस्था हो र यसमा नागरिक हकमा संकूचन गरिएको हुन्छ र सबै बिचारहरू समेटिएका हुदैनन्। यो अधिनायकवादमा आधारित शासन ब्यबस्था हो ।यस्ता ब्यबस्थामा कम्युनिजम् र सकृय राजतन्त्रात्मक ब्यबस्था पर्दछन्। तेश्रो विचारधारा उदारवादमा आधारित प्रजातन्त्र हो जसमा अर्थतन्त्रमा राज्य र निजी क्षेत्र दुवैको भूमिका रहन्छ, निजी क्षेत्र आकर्षित नहुने र गैर नाफा मूलक क्षेत्र राज्यले हेर्छ र शासन ब्यबस्थामा जनताको सहभागिता रहन्छ।
Advertisement 2
वर्तमान २१ औं शताब्दी संग तालमेल गर्न नसकेर क्रमशः लोप हुदै गएको ब्यबस्था अधिनायकवादी ब्यबस्था हो ।किनभने यो ब्यबस्था वर्तमान समयमा अब्यबहारिक हुदै गएको हुदा यसमा लागेका कार्यकर्ताहरू अलमलमा रहेका छन्। यो विचारधारालाई फैल्याउन यसका अग्रजहरूले यसको सदस्यतालाई क्याडर वेशमा आधारित गरेको हुदा यिनीहरू अभिलेखबद्ध हुन्छन्। यिनीहरूलाई पनि थाहा छ कि यो ब्यबस्था मिति सकिएको औषधी सरह भै सकेकोले यी क्याडर बेश कार्यकर्ताले अर्को किसिमले सुरक्षित अवतरण हुन खोजेका छन्। यो अबस्था नेपाल जस्तो मुलुकमा झनै टड्कारो रूपमा देखिएको छ। यसका नेताहरूले यो वास्तविकता बुझेर पनि यी कार्यकर्ताहरूलाई सुरक्षित रूपमा अवतरण गराउन सकेका छैनन्। यिनीहरूले नाम मात्रको भए पनि कम्युनिजम राखेर ट्रेड नेमको रूपमा यिनीहरूलाई समेट्ने प्रयास गरेका छन् तर यी नेता र कार्यकर्ता दुवै अस्तित्वको लागि संघर्षरत छन्।
यस्तो परिस्थितिमा यिनीहरूलाई समेटन एउटा उदारवादी प्रजातान्त्रिक धार कृयाशील हुन जरूरी छ। फेरि यो धार पनि आफ्नो अस्तित्वको लागि समय सापेक्ष भै रहेको छ। समय सापेक्ष हुन नसक्ने विचारहरू क्रमशः लोप हुदै जानु प्रकृतिको नियम नै हो। त्यसैले हालको परिप्रेक्ष्यमा प्रजातन्न्त्रले आफ्नो स्वरूप जनताको हितका आधारमा निर्धारण गर्छ। जनतालाई आवश्यक पर्ने सबै सेवाहरूमा निजी क्षेत्र आकर्षित नहुन सक्छन्। यस्तो परिस्थितिमा राज्यले आफ्नो भूमिका देखाउनु पर्ने हुन सक्छ। यसरी राज्य र निजी क्षेत्र दुवैको भूमिका रहेको मिश्रित अर्थ ब्यबस्था उदार लोकतन्त्रले खोजेको हुन्छ।
Advertisement 3
हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने लोकतान्त्रिक धारको नेत्तृत्त्व गतिलो नेताको हातमा पर्न सकेन। यसले लोकतान्त्रिक धारको नेत्तृत्त्व लिन नसकेको मात्र हैन कि यो धारको नेत्तृत्त्व आफै जीवन रक्षाको लागि संघर्षरत विचारवाहक कम्युनिष्ट संग आश्रीत हुन पुगेको छ।यस्तो परिस्थितिमा जनताले डेलिभरी पाउन सकेका छैनन्। जनताहरू अतालिएको अवस्थामा छन्। आफैले संघर्ष गरेर ल्याएको ब्यबस्थाका नेताहरू अलमलमा परेको देखेर जनताहरू हामीले ब्यबस्था परिवर्तन गरेर यिनीहरूलाई सर्वेसर्वा बनाएर कतै गल्ति गरिएछ कि भन्ने स्थितिमा देखिएका छन्।
अहिलेको परिस्थितिमा जनता त सन्तुष्ठ छैनन् नै, त्यस माथि प्रजातान्त्रिक पक्षधर कार्यकर्ताहरू समेत आफ्ना नेताको भर र विश्वासमा छैनन्। आफ्ना नेताको भूमिकाले लोकतान्त्रिक ब्यबस्था नै कतै धरापमा पर्दै त छैन भन्ने आशंकामा देखिएका छन्। यी नेताहरू आफ्ना कमी कमजोरी सुधार्न पटक्कै तयार छैनन् न त नेत्तृत्त्व छोड्न तयार छन्। यसैले यस्तो परिस्थितिमा यी दुबै पक्षको अवधारणालाई समेट्ने गरी एउटा मध्यमार्गी धार कृयाशील हुन जरूरी देखिएको छ। किनभने अधिनायकवादी धारलाई यसैका पक्षधरको समेत समर्थन रहेन।त्यसैले यिनीहरू राजनीतिक रूपले रूपान्तरित हुन चाहिरहेको स्थितिमा साविकको लोकतान्त्रिक धारको नेत्तृत्त्व परिवर्तनको चाहना संगै उदारवादी लोकतन्त्रको क्षेत्र फैलिदै गएको सन्दर्भलाई यी दुवै पक्षले सदुपयोग गर्न सके देशको राजनीतिले निकास पाउने देखिन्छ। समस्या चाही कहां नेर छ भने यो परिस्थितिको नेत्तृत्त्व चाही को बाट हुन सक्छ भन्ने।
यसको लागि सबै दलका यूवाहरूको संयुक्त भेला बोलाई सो भेलाबाट एउटा प्रजातान्त्रिक राजनीतिक दल निर्माण गरी दललाई निर्वाचन आयोगमा दर्ता गर्ने। ६ महिना भित्र पार्टीको महाधिवेशन गरी सबल नेत्तृत्त्व चयन गरी हरेक निर्वाचन क्षेत्रमा संगठन बिस्तार गरी आफ्नो नीति तथा कार्यक्रम ल्याउने। यही २०८४ मा हुने निर्वाचनमा सबै क्षेत्रबाट चुनावमा भाग लिने र बहुमत ल्याएर सरकार बनाउने। पुराना नेता र पार्टीलाई चुनाव बाटै पाखा लगाउने। यो परिकल्पना कतिलाई ब्यबहारिक नलाग्न सक्छ तर पुराना नेता र पार्टीबाट दिक्क वाक्क भएका जनतालाई ईमान्दारिताका साथ विश्वास दिलाउन सके यो असम्भव भने छैन।