खरदार सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिमको अवसर


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले ३५ दिने सेवाकालिन तालिम दिने भएको छ ।
प्रतिष्ठानले संघ र प्रदेशमा कार्यरत खरदार सुब्बाहरूलाई ३५ दिने सेवाकालीन तालिम दिइने भएको छ ।
प्रतिष्ठानले यही २५ असोजबाट ३५ दिने सेवाकालीन प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण अनलाइन विधिमार्फत हुनेछ ।

Advertisement 1

तालिम लिनका लागि कम्युटर र इन्टरनेटको सुविधा सम्बन्धित कार्यालय वा सहभागी स्वयंले नै अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने पनि सूचनामा उल्लेख छ । हाल बहाल रहेको पदमा न्यूनतम तीन वर्ष सेवा अवधि पुरा भएको सहभागीले मात्रै प्रशिक्षण मनोनयन फाराम भर्नुपर्नेछ ।

प्रकाशित :२०७७ आश्विन ११, आईतवार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry