कार्यसम्पादनमा खस्कियो रसुवा जिल्ला प्रशासन

अघिल्ला तीन आर्थिक बर्षसम्म ९० भन्दा बढी अंकसहित अब्बल कार्यसम्पादन गर्ने जिल्ला बनेको रसुवा जिल्ला प्रशासन पछिल्लो रिर्पोटमा खस्किएको भेटिएको छ । गत बर्षको कार्यसम्पादनमा रसुवा जिल्ला प्रशासनले ८६ दशमलव ६३ अंक प्राप्त गरेर अघिल्ला आर्थिक बर्षको तुलनामा खस्किएको छ । ७९/ ८० को कार्यसम्पादनमा रसुवा ४८ औं स्थानमा छ । जबकी यस अघि रसुवा जिल्ला प्रशासन यस अघि १५ औं स्थानभन्दा माथि नै रहँदै आएको थियो ।अघिल्ला तीन आर्थक बर्षको कार्यसम्पादन रिर्पोट कार्डमा रसुवा जिल्ला प्रशासनले ९० भन्दा माथि अंक पाउँदै आएकोमा यस पटक यो खस्किएको हो ।

Advertisement 1

गृहले ७७ जिल्लाको प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन रिर्पोट हिजो सार्वजनिक गरेको छ । उक्त रिर्पोट कार्ड अनुसार सर्वोत्कृष्ट कार्यसम्पादन गरी जिल्ला प्रशासन गुल्मीले ९६ दशमलव ४४ अंक प्राप्त गरेको हो ।गृहको रिर्पोट कार्ड अनुसार,९० भन्दा माथि अंकभार ल्याउने जिल्लालाई सर्बोत्कृष्टमा राखेको छ ।
अघिल्लो पटक रसुवाले ९० भन्दा बढी अंक हासिल गरेको छ । त्यतिखेर रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए नवराज जैसी । जैसी गत ०७८ साल कार्तिक ४ गते ०७९ पुससम्म रसुवाको प्रमुख जिल्ला अधिकारी थिए । ०७९ पुस देखि प्रकाशचन्द्र अधिकारी रसुवाको प्रमुख जिल्ला अधिकारीका रुपमा बहाल छन् । गृहले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानेर हरेक बर्ष प्रतिवेदन तयार गर्दै आएको छ ।
यस अघि प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, अर्जुन भण्डारी,हरि प्रसाद पन्त र ईश्वरी प्रसाद ढकाल प्रमुख जिल्ला अधिकारी हुँदा ९० भन्दा बढी अंक ल्याएर रसुवा जिल्ला प्रशासन ए प्लस अंक हासिल गर्दै आएको  रिर्पोट कार्ड गृहले सार्वजनिक गरेको थियो ।

प्रकाशित :२०८० आश्विन १८, बिहीबार ०६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम