नवनियुक्त ३९ न्यायाधीशको शपथ आज
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशको शपथ आज हुँदै छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा नवनियुक्त न्यायाधीशहरूको शपथ गराउने छन् ।
Advertisement 1
२६ जिल्ला न्यायाधीश, नौ कानुन व्यवसायी पृष्ठभूमिका र अन्य चारजना न्यायिक क्षेत्रका कर्मचारीलाई उच्चको न्यायाधीशमा पौष १९ बिहीबार नियुक्त गरेको हो ।उनीहरुलाई आज बिहान साढे १० बजे शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।
बुधबारको परिषद् बैठकले उच्चमा नियुक्त गरेका जिल्ला न्यायाधीशहरूमा राजेन्द्र अधिकारी (मकवानपुर), वसन्तराज पौडेल (गुल्मी), पूर्णेश्वरप्रसाद उपाध्याय (बारा), केशवप्रसाद बास्तोला (कास्की) र जयानन्द पनेरू (बैतडी) छन् । त्यस्तै, खडकबहादुर केसी (रुकुम), सूर्यनाथप्रकाश अधिकारी (कपिलवस्तु), कैलाशप्रसाद सुवेदी (बर्दिया), मातृकाप्रसाद मरासेनी (रौतहट) र ओमप्रसाद अर्याल (कैलाली) पनि उच्चमा नियुक्त भएका छन् ।
Advertisement 2
भरत लम्साल (नवलपरासी), कृपासुर कार्की (दाङ), हेमन्त रावल (सप्तरी), विष्णुप्रसाद अर्याल (सुर्खेत), ध्रुवकुमार पिया (कास्की), सूर्यप्रसाद पराजुली (ललितपुर), दुर्गाप्रसाद ढुंगेल (मोरङ), तेजेन्द्रप्रसाद शर्मा (गोरखा) र डिल्लीरत्न श्रेष्ठ (दोलखा) पनि उच्चमा नियुक्त भएका छन् । परिषद्ले टीकाराम आचार्य (ओखलढुंगा), उमेश कोइराला (रुपन्देही), कृष्णमुरारि सिवाकोटी (रुपन्देही, काजमा भक्तपुर), नारायणप्रसाद सुवेदी (धनुषा) र विदुर कोइराला (सिन्धुपाल्चोक)लाई पनि जिल्लाबाट उच्चमा ल्याएको छ । त्यस्तै, काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीशद्वय दण्डपाणि शर्मा र कृष्णप्रसाद सुवेदी उच्चमा नियुक्त भएका छन् ।