क्यान्टिनमा गफ गरेर बस्ने सिंहदरबारका कर्मचारी सतर्कताको फन्दामा
सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेपछि मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म ।’
Advertisement 1
बुधबार दिउँसो खाजा समय सकिएपछि राष्ट्रिय सतर्कता केन्द्रको टोलि अनुगमन गर्दा मुद्रण विभाग, अर्थ मन्त्रालय, नेपाल टेलिभिजन, कृषि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीहरू खाजा अवधी सकिएपछि पनि गफ गरेर समय काटिरहेको अवस्थामा भेटिए ।
यसरी अनुगमन गर्ने क्रममा उल्लिखत कार्यालयका ९ जना कर्मचारी सतर्कताको फन्दामा परेका छन् । अधिकृतदेखि उपसचिव स्तरका कर्मचारीहरूलाई सतर्कताले सो अवस्थामा भेटेको हो । त्यस्तै १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्। सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ।
Advertisement 2
कर्मचारीहरू हाजिरी गर्ने र व्यक्तिगत काममा निस्कने गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले यस्ता कर्मचारीमाथि निगरानी बढाएका हुन्।कर्मचारीहरू हाजिर गरेर व्यक्तिगत कामका लागि दिनभर हराउने तथा बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासोपछि केन्द्रले बिहान छड्के चेक गरेको सचिव आचार्यले बताए ।