नगर प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध दायर रिट खारेज

नगर विकास समितिको नाममा रहेको जग्गाको विषयमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठविरुद्ध उच्च अदालत दिपायलमा परेको रिट खारेज भएको छ।

Advertisement 1

बिहीबार मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्यायाधीश डालकुमार खड्काको संयुक्त इजलाशले नगर प्रमुख हमाल र प्रशासकीय अधिकृत श्रेष्ठविरुद्ध विस्नापति थरुनीले दायर गरेको रिट खारेज गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुरानो हवाई मैदानमा रहेको धनगढी नगर विकास समितिको नाममा दर्ता श्रेस्ता भएको जग्गामा अनाधिकृत बसोबास गरिरहेका विस्नापति थरूनी समेतका ९ जनाले उच्च अदालत दिपायलमा उत्पेषण परमादेशको रिट दायर गरेका थिए ।

बिहीबार फैसला सुनाउँदै अदालतले रिट खारेज हुने ठहर गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। स्थानीय तहको प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने व्यवस्थाअनुसार नगर प्रमुख हमालविरुद्ध रिट दायर भएको थियो।

प्रकाशित :२०८० पुष २०, शुक्रबार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry