आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष प्रहरीको फन्दामा
रसुवा आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटनामा परेको छ। जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ सवार गाडी दुर्घटना भएको हो ।
Advertisement 1
मगलबार दिउँसो नुवाकोटको बट्टारबाट रसुवातर्फ गईरहेको रसुवाको आमाछोदिङमो गाउँपालिकाको बा २ झ ३७८७ नम्बरको स्कारपियोले ठक्कर दिँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्कारपियोको ठक्करबाट घाइते हुनेमा नवाकोटको विदुर १ ढुङ्गेका उमेथ थपलिया, विमला ढकाल र म्यागङ गाउँपालिकाका ३० वर्षिय विरवहादुर तामाङ रहेका छन् । उनीहरु बसीरहेको स्थानमा आएर स्कारपियोेले ठक्कर दिएको बताइएको छ ।
Advertisement 2
प्रत्यक्षदर्शीका अनुसार ५० मिटर परैदेखि अनियन्त्रित हुँदै आएको सो सरकारी गाडीले पैदलयात्री, मोटसाइकल र दुई वटा गाडीलाई ठक्कर दिएको हो ।
Advertisement 3
आमाछोदिङ्मो गाउँपालिका रसुवाको सो गाडीले ठक्कर दिंदा पैदल हिडिरहेका नुवाकोटको म्यागङ गापा ६ का ३० वर्षिय वीरवहादुर तामाङ, रोकिरहेको वा६१प ३९६१ नं.को मोटरसाइकललाई ठक्कर दिदा प्रेमनाथ लामिछाने, घाम तापिरहेकी विदुर १ ढुंगेवजारकी २९ वर्षिया विमला ढकाल र सोही स्थानका ३२ वर्षिय उमेश थपलिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै स्थानीयले उद्धार गरि घाइतेहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेका थिए ।
घाइतेमध्ये गम्भीर रहेका वीरवहादुर तामाङलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । अन्यको त्रिशूलीमा उपचार भइरहेको छ । दुर्घटनाका समयमा सो सरकारी गाडी आमाछोदिङ्मो गाउाँपालिकाका अध्यक्ष ३५ वर्षिय वुचुङ तामाङ आफैंले गुडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ । उनीसँग लाइसेन्स भने नभएको प्रहरीले बताएको छ ।