सरुवामा विकृति: उपसचिव रहने ठाउँमा अधिकृतलाई जिम्मेवारी

वन तथा वातावरण मन्त्रालयले मातहतका विभिन्न निकायमा कार्यालय प्रमुखको रूपमा उपसचिव हुनु पर्नेमा अधिकृतलाई निमित्तको जिम्मेवारी दिएको छ ।

Advertisement 1

वन तथा वातावरण मन्त्रालयले जनकपुरस्थित राष्ट्रपति चुरे कार्यक्रम संरक्षण इकाई, कोसी टप्पु वन्यजन्तु आरक्ष तथा बिउबिजन केन्द्र हात्तीसार, कर्णाली बेसिन (जलाधारं) कार्यालय जाजरकोट, महाकाली बेसिन (जलाधार) कार्यालय, लगायतका कार्यालयमा प्रमुखका रूपमा उपसचिवलाई नपठाई ती सबै निकायमा निमित्त प्रमुखका रूपमा अधिकृतलाई पठाइएको हो ।

राष्ट्रपति चुरे कार्यक्रम संरक्षण इकाईमा निमित्त प्रमुख महेश ढुंगाना रहेका छन् भने कर्णाली बेसिन कार्यालय जाजरकोटमा निमित्त प्रमखु सुनील कुमार गुप्ता रहेका छन् महाकाली बेसिन कार्यालय , महाकालीमा निमित्त प्रमुख दामोदर ऐर रहेका छन् बिउ केन्द्र हात्तीसारमा निमित्त प्रमुख भुवनेश्वर चौधरी रहेका छन् कोशी टप्पु वन्यजन्तु आरक्षमा निमित्त प्रमुख रमेश यादव रहेका छन् । उपसचिव दरबन्दी रहेको निकायमा अधिकृत पठाउन थालेपछि सरुवामा चलखेल भएको आशंका गर्न थालिएको छ ।

Advertisement 2

मन्त्रालय र मातहतका निकायमा ठूलो संख्यामा उपसचिव रहँदारहँदै उपसचिवकै दरबन्दी रहेको स्थानमा धमाधम अधिकृतलाई निमित्तको जिम्मेवारी दिँदा मन्त्रालयको प्रशासनिक नेतृत्वमाथि नै प्रश्न उठेको छ । उपसचिव हुँदाहुँदै उपसचिव दरबन्दी रहेको स्थानमा अधिकृतलाई निमित्तको जिम्मेवारी दिनु कानुन र अख्तियारको वर्खिलाप भएको मन्त्रालयकै कर्मचारीको गुनासो छ ।

प्रकाशित :२०७९ श्रावण ८, आईतवार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry