धर्म व्यक्तिको आस्था हो, विश्वास हो

मलाई थाहा हुँदाका बखत नेपालमा केही जनामात्र क्रिस्चियनहरू थिए । धेरै समयसम्म क्रिस्चियनहरू बढेका थिएन । राजतन्त्रकालीन समयमै सेन्ट जेभियर्स, सेन्ट मेरिजहरु भित्रिए, हुने खाने हिन्दुहरु पनि आफ्ना सन्तानहरु त्यहाँ पढाउन पाए स्वर्गै पुगिने सम्झन थाले अरु मिसन अस्पताल पनि भित्रिए त्यहाँ उपचार गराउन आएकाहरुको स्वास्थ्य लाभका लागि पास्तरहरु प्रार्थना गरिदिन्थे ओैषधि उपचारले रोग निको हुँदै जाँदा कतिपयहरु प्रार्थनाले निको भएको भन्ठान्ने भए ।
मुर्ति बनाउने दलितहरु मुर्ति राखिएका मन्दिरहरुमा प्रवेश पाउँदैनथे क्रिस्चियनहरूले हाम्रो धर्ममा यस्तो विभेद छैन सबै चर्चमा जान पाउँछ भनेर दलितहरु समेटे । समाज गरिब थियो केटाकेटी पढाउन आर्थिक हैसियत कमजोर भएकाहरुलाई आर्थिक सहायता दिएर क्रिस्चियनहरूले गरिब समेटे । बाहुन क्षेत्री लगायत कतिपय माथिल्लो जाति भनिएका समुदायमा पनि कतिपय परिवारका मुली (लोग्नेहरु, छोराहरु) जाँड रक्सीको कुलतबाट आक्रान्त हुँदा क्रिस्चियन बनेपछि जाँड रक्सी खान हुन्न खराब लट छुट्छ भनेर क्रिस्चियन बनाइए/बने । अहिले क्रिस्चियनहरू धेरै संख्यामा छन् । मलाई क्रिस्चियनहरूले ठूलो ठूलो स्वरमा अरुलाई बाधा पर्ने गरि गर्ने प्रार्थना होस वा राति अबेरसम्म माइक लगाएर अरुलाई बाधा पर्ने गरि गरिने सप्ताहहरु मन पर्दैन यस्ले आफ्नो हकको दुरुपयोग गरि अरुको हकको हनन गर्छ । समाजमा क्रिस्चियनहरूको जमातसँगै अन्धविश्वास पनि बढ्यो पास्तरले प्रार्थना गर्दा भुकम्पले समेत केही नहुने भ्रममा परे परिणाम तपाईं हामीले देखेकै हो ।
धर्म एउटा आस्था हो, विश्वास हो । सबैले धर्ममा आस्था राख्नै पर्छ, विश्वास गर्नै पर्छ भन्ने होइन । म धर्म निरपेक्ष बस्छु सबै धर्म मान्नेहरुलाई सम्मान गर्छु तर म कुनै पनि धर्म मान्दिन भन्न पनि पाउँछ त्यो मान्छेको नैसर्गिक अधिकार हो । यहि कुरालाई महत्त्व दिएर हाम्रो वर्तमान संविधानले राज्य धर्म निरपेक्ष बनाएको हो । अन्यथा नमान्नु होला यहाँ कतिपय मान्छेहरु जो धेरै पाप (कुकर्म) गर्नेहरु नै धर्मको अनावश्यक वकालत गर्छन धर्मका नाममा अनेक गर्छन सायद पाप कटाउन । जसले पाप कर्म गरेको छैन भने उसले धर्मका नाममा थप गर्न परेन । हामीले समाजमा देख्छौं दाजुभाइको अंश मार्नेहरु, घुस खाने कर्मचारीहरु काम ठग्ने कर्मचारीहरु, भ्रष्टाचारी राजनीतिज्ञहरु, व्यभिचारीहरु, अनधिकृत आर्थिक लाभ गर्नेहरु, श्रम शोषण गर्नेहरु तुलनात्मक रुपमा धर्मको बढी वकालत गर्छन जुन तपाईं हामीले देखे भोगेकै छौं ।
राजतन्त्रकालीन समयमा राजलाई भगवान विष्णुको अवतार मान्थ्यौ । एक धर्म एक भाषा भेषको सिण्डिकेट थियो तर भगवानको अवतार मानिएका राजाको वंश मन्दिर (दरवार) भित्रै नाश भयो गरे गराईए भगवानको रुपधारीहरुकै विष्णु भगवानको अर्को अवतार बन्ने सत्ता मोहबाट ।
मेरो विचारमा कर्मचारीले इमानदारपूर्वक सेवाग्राहीसँग आर्थिक लाभको अपेक्षा नराखी समयमै सेवा दिनु धर्म हो । व्यापारीले कालोबजारी नगर्नु धर्म हो । राजनितीज्ञले भ्रष्टाचार नगरी जनताको काम गर्नु धर्म हो । मतदाताहरुले एक बटुको जाँड, मासु भात, केही रुपैंया लोभ नगरी इमानदार उमेदवारलाई भोट हाल्नु धर्म हो । पत्रकारले तेरो कुरा लेख्दिउँ कि मलाई …… दिन्छस् नभनी सही समाचार संप्रेषण गर्नु धर्म हो !
राजनीतिकर्मी, कर्मचारी, शिक्षक, डाक्टर, पत्रकार, वकिल, न्यायाधीश, उद्योगी, व्यापारी, समाजसेवी, मतदाता, किसान, अधिकारकर्मी लगायत सबैले आआफ्नो कर्मक्षेत्रमा इमानदारीपूर्वक कर्म गर्नु नै धर्म हो । धर्म कमाउन कुनै चर्च, मस्जिद, मन्दिर, गुम्बा धाइरहनु परेन फूर्सद हुँदा श्रमजीवी कलाकारहरुले बनाएको ती कलाहरु अवलोकनमा भने अवश्य जानुपर्छ ।
प्रकाशित :२०८० पुष ६, शुक्रबार १५:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%