सच्चिने हो कि सकिने ?

लामो समय देखि राजतन्त्रबाट शासित हामीहरू राजा सचिन सकेनन् भनेर त्यसको विकल्पमा हामीले गणतन्त्र रोजेका हौ। यो गणतन्त्र आएको पनि आज ठ्याक्कै १७ वर्ष पुगेर १८ मा लाग्दै छ र हामीले हरेक जेठ १५ गते गणतन्त्र दिवस भनेर मनाई रहेका छौ।के गणतन्त्र भनेको राजा विनाको शासन ब्यबस्था मात्रै होरु कि यो प्रजातन्त्रको उच्चतम रूप हो ? यसको उत्तर हरेक नेपालीले खोजी रहेका छन्।
Advertisement 1
राजाको वंशले शासन गर्दा प्रजातन्त्र भएन, नागरिक स्वतन्त्रता भएन, मानव अधिकारको रक्षा भएन, शासन ब्यबस्थामा जनसहभागिता भएन, राज्यमा कानूनको शासन भएन, सुशासन भएन, वाक तथा प्रेस स्वतन्त्रता भएन, राजनीतिक विचारको प्रतिनिधित्व शासन ब्यबस्थामा हुन सकेन,जनताको छोरा सत्तामा पुग्न पाएन,जनताले चुनेका प्रतिनिधिले शासन गर्न पाएनन् भनेर हामीहरू सबै मिलेर गणतन्त्र ल्याएकै हो तर लोकतान्त्रिक गणतन्त्र आए पछि हाम्रा अपूरा आकांक्षा पूरा भए तरु यसको उत्तर सकारात्मक हुन सकेको पाईदैन। यो किन भयोरु यसलाई कसरी हटाउने भन्ने तर्फ सोच्न ढिला भै सकेको छ।
हामीले गणतन्त्र ल्याएर राजा हटायौं भनेको त एउटा राजाको ठाऊमा दर्जनौ राजा ल्याएछौ, कानूनको शासनको ठाऊमा दल र यसका नेताको शासन ल्याएछौ, नियन्त्रण र सन्तुलनको ठाउमा नियन्त्रणको मात्र शासन ब्यबस्था ल्याएछौ, संसदीय सर्वोच्चताको ठाऊमा कार्यकारिणीय सर्वोच्चता ल्याएछौ, न्यायीक सर्वोच्चतालाई कार्यकारिणीले जित्ने शासन ल्याएछौ, देश र जनताको सेवामा समर्पित सुशासन ल्याउने भनेको त नेपालीलाई शरणार्थी बनाउने शासन ल्याएछौ, जनताको नाममा शपथ खाएको त परिवारवादको कल्याण हुने काम भएछ। आफू र आफ्नो पार्टीलाई हित हुन्छ भने पछि राष्ट्रघाती काम समेत गर्न पछि नपर्ने शासन ब्यबस्था ल्याएछौ।
Advertisement 2
वास्तवमा राजनीतिक ब्यबस्था आफैमा साध्य नभएर साधन हो। देश र जनताको हितमा काम गर्नु जुनसुकै शासन ब्यबस्था को लक्ष हुन्छ तर त्यो लक्षमा जाने मार्ग पहिचान गर्न नसक्ने वा पहिचान गरेर हिड्न नचाहने ब्यक्तिबाट त्यो ब्यबस्थाको नेत्तृत्त्व हुन पुग्यो भने अनि देश र जनताले दुःख पाउछन्। हाम्रो देश नेपालमा भएको पनि त्यही हो, राजनीतिक नेत्तृत्त्वको अक्षमता।गणतन्त्रको आगमन पश्चात् नेत्तृत्त्व गर्ने कुनै पनि पार्टीको नेत्तृत्व नाकाम रह्यो र समस्या त त्यहा रह्यो कि यिनीहरू कुनै पनि हालतमा सच्चिन सकेनन् र सच्चिन चाहेनन्। यही कारणले यिनीहरूको पार्टीमा क्रमशः क्षयीकरण भै रहेको पनि छ।
यहांका हरेक राजनीतिक दलमा यो समस्या रहेकोले मतदाताले विकल्प खोजी रहेका छन्। मतदाताहरूले मात्र हैन हरेक दल भित्रका यूवाहरूले आफ्ना नेत्तृत्त्वको भूमिका प्रति पनि विमति जनाएका छन्। अधिनायकतामा विश्वास राख्ने दलका यूवाहरूमा भूसको आगोको छनक दिने गरी विमती देखिएको छ भने लोकतान्त्रिक दल संग आवद्ध यूवाहरू माझ त विमति सतह मै आई सकेको छ। यसरी यूवाहरूमा देखिएको विमतीको सन्देश यो छ कि उनीहरू सकिन चाहदैनन् बरू सचिएर आफ्नो दललाई जीवन्त राख्न चाहन्छन्।
Advertisement 3
वास्तवमा पृथ्वीमा कुनै पनि वस्तु जीवन्त हुन त्यसले समय अनुसार आफूलाई रूपान्तरण गर्न सक्नु पर्छ नत्र यिनीहरूको अस्तित्व लोप हुन्छ। यो प्रकृया राजनीतिमा पनि लागू हुन्छ। दुनियामा लोकतन्त्रको विकल्प मात्र समुन्नत र सुधारिएको लोकतन्त्र हो, त्यसैले समसामयीक हुन नसक्ने पुराना नेताहरूले नयां सोच राख्ने यूवालाई जिम्मेवार सुम्पिनुको विकल्प छैन।