चुनावको नतिजामा स्वतन्त्रबाट पर्ने प्रभाव

यस पटक हुन गै रहेको संघीय निर्वाचनमा उल्लेख्य मात्रामा स्वतन्त्रहरूको उम्मेद्वारी परेको देखिन्छ। यसरी स्वतन्त्रहरूको उम्मेद्वारी पर्नुको पछाडि सम्बन्धित ब्यक्तिको अभिरूचीले भूमिका खेलेको होला तर त्यो भन्दा पनि पुराना नेताहरूको कार्यशैलीबाट दिक्क भएर उनीहरूलाई परिवर्तन गरेर सो ठाऊमा नयां सोच र दृष्टिकोण भएका ब्यक्तिहरूलाई स्थापित गराउने अभियानले गति लिनाले यस पटकको चुनावमा स्वतन्त्रहरूको उम्मेद्वारी ह्वात्तै बढ्न पुग्यो।

Advertisement 1

स्थानीय तहको निर्वाचन बाटै स्वतन्त्रहरूको लहर आउन शुरू गरेको हो र यो चुनावमा राजधानी शहर मै स्वतन्त्र ब्यक्तिले विजय हासिल गरे पछि यो लहरले झनै तिब्रता पायो।

पुराना पार्टीले उम्मेद्वारी चयन गर्दा देखाएको सिण्डिकेट प्रथाले दुरुत्साहित भएका यूवाहरू स्वतन्त्र भएर निर्वाचनमा प्रतिस्पर्धा गरीरहेका छन्। यसरी प्रतिस्पर्धा गरीरहदा यिनीहरू विजयी होलान् नहोलान् त्यो भविष्यले देखाउला तर पनि यसरी परेको उम्मेद्वारीले भने निर्वाचन परिणामलाई पक्कै अशर पार्ने देखिन्छ।

Advertisement 2

यसरी सोचे भन्दा पृथक तवरले स्वतन्त्रबाट परेको उम्मेद्वारीका कारण पुराना नेताको सातो पुत्लो उडेको देखिएको छ। आफूलाई चितवनमा स्थापित गराउने कोशिश गरेका ब्यक्ति एकाएक गोरखा जानु, स्वतन्त्र ब्यक्तिको चुनावी कार्यक्रमबाट गठवन्धनका प्रमुख स्वयं डराएर निजलाई प्रचार प्रसार गर्ने कार्यक्रम मै रोकावट गरिनु, प्रतिपक्ष दलका नेता डराएर दक्षिणपन्थी दल संग तालमेल गर्नु, त्यसै गरी चुनावमा गठवन्धन गराएर जानु, यी सबै चुनावी गतिविधिहरू स्वतन्त्रबाट डराएर गरिएका गतिविधि हुन्।

भय र त्रासको वातावरण सिर्जना गरे जस्तै स्वतन्त्रको उम्मेद्वारीले हार्नेले जित्ने र जित्छु भन्नेले हार्ने सम्भावना बलियो देखिएको छ। किनभने उम्मेद्वार जति बढी भए पनि मतदाताहरू सीमित हुन्छन् र तिनै मतहरू बाढिने हुन्। त्यसैले जित्ने भनिएका मतहरू स्वतन्त्रलाई पर्न जादा हारजित अकल्पनीय हुन पुग्छ।

Advertisement 3

यस पटकको चुनावमा हारजितको अन्तर सानो हुने देखिन्छ। त्यसैले एउटा मतको पनि भारी महत्व हुन्छ। स्वतन्त्रको उम्मेद्वारी संगै नेपालको राजनीतिमा जबर्जस्त नयां पुस्ताको प्रवेश देखिएको छ। राजनीतिलाई फोहरी खेल भनेर तर्किने समूह समेत स्वतन्त्रको नामबाट फोहर सफा गर्न पोखरीमा पसेका छन्।राजनीतिमा स्वतन्त्रको प्रवेशले यो क्षेत्रमा स्थायी शत्रु र स्थायी मित्र हुदा रहेनछन् भन्ने सन्देश दिएको छ। उत्तरी र दक्षिणी ध्रूवहरू भू-मध्य रेखामा झरेका छन्।
कतिपय स्वतन्त्र उम्मेद्वारहरू जुवामा जस्तै च्याखे थाप्न प्रवेश गरेको पनि देखिएको छ जसले चुनावमा अपारदर्शीपनलाई बढवा दिएको पनि छ।

चुनावमा स्वतन्त्रहरूको प्रवेशले बहुदलीयतालाई कमजोर बनाएको जस्तो देखिदैछ। यसरी बहुदलीय ब्यबस्थालाई कमजोर पार्ने काम स्वतन्त्र उम्मेद्वारका कारण नभै दलीय ब्यबस्थामा प्रवेश गरेर निर्दलीय वा एकदलीय चरीत्र देखाउने नेता कै कारण भएको हो।
यसरी राजनीतिक असन्तुष्टीलाई कारण बनाई जवर्जस्त यो क्षेत्रमा प्रवेश गरेको स्वतन्त्र समूहको सन्देशले वर्तमान संविधान र कानूनमा देखा परेका कमी कमजोरीलाई समय सापेक्ष बनाउन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित :२०७९ कार्तिक २७, आईतवार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry