चार महिनामै चमत्कार ?

सम्पादकीय
राजस्व छलीको अनुसन्धान गर्न सरकारले खडा गरेको शक्तिशाली निकाय राजस्व अनुसन्धान विभागको नेतृत्व गर्दैछन् नवराज ढुङ्गना । १२ असारदेखि उनी उक्त विभागको कमाण्ड गर्दैछन् । एयरपोर्टबाटै विभागको टोलीले तस्कर गरी ल्याइएको एक सय किलो सुन समाएसँगै ढुङ्गनाको चर्चा चुलिएको छ । राजश्वमाराप्रति विभाग ढंगले काम गरिरहेको छ । यस्कै अर्काे उदाहरण हो एडीडास व्राण्डको समान आयातकर्ता रुट्स फेसनले वीरगन्ज भन्सारबाट भित्राएको जुत्ता, तयारी पोसाक लगायतका सामानको न्यून मूल्याङ्कन गरेर ४ करोड ३७ लाख राजश्व छली गरेको भन्दै सो विरुद्ध मुद्धा चलाउनु । माथिसम्मैको सेटिङमा उन्मुक्ति पाउँदै आए व्यापारी,उद्यमीदेखि विचौलियाप्रति निर्मम बन्दै गएको छ विभाग । यस्का अलवा अवैध कारोबार गर्ने चार व्यापारीहरुलाई मुद्धा दायर गर्ने क्रम पनि बढाएको छ विभागले ।

Advertisement 1

विभागले हालसम्म रामकृष्ण सुवेदी,भुपाल बराल,दीर्घराज मैनाली, रामप्रसाद आचार्य, प्रकाश पौडेल, झलकराम अधिकारी,मदन दाहाल,नारायण सापकोटा विभागका महानिर्देशक चलाइसकेका छन् । विभागमा ०७४ सालदेखि आठ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । राजस्व चुहावट रोक्ने विभागमा एक जना महानिर्देशकले सरदर करिब एक वर्ष काम गर्ने अवसर पाए । सबैभन्दा धेरै समय दुई वर्ष नौ महिना काम गर्ने अवसर पाए । विभागको सबैभन्दा बढी काम भएको देखिएको पनि सोही समयमा हो । राजस्व क्षेत्रका अनुभवी मैनालीले जसरी हालैमात्र बैंकहरुको मर्जर र एफपिओमा भएका २५ अर्ब बढी कर छलीलाई उठाउन सफल भए उनी राजश्वमा रहँदा बहुराष्ट्रिय कम्पनीका राजस्व छलीको अनुसन्धान अघि बढेर अदालतमा मुद्दा दायर गर्नेदेखि नक्कली भ्याट छलीका करोडौंका मुद्दाको अनुसन्धान भएको थियो । मैनालीको समयमा राजस्व अनुसन्धानमा माइलस्टोन काम भएका प्रशासकहरु बताउँछन् । अहिले त्यही पदचाप पछ्याउँदै छन् ढुङ्गना ।
उनले नेतृत्व सम्हालेको चार महिनामै १ अर्ब ६० करोड हाराहारीको मुद्धा दायर भएको छ । यस्तै, चार महिनामै विदेशी विनिमयतर्फ ७७ करोडको मुद्धा गर्न सफल भएका छन् । यसका अलवा भिसिटिएस तर्फ ३ सय २५ वटा अनुगमन गरी १ करोड ३४ लाख जरिवाना उठाएका छन । यस्का अलवा पछिल्लो चार महिनामा ७ सय २९ गस्ती गरेको उनी बताउँछन् ।

यद्यपि कर्मचारीहरुलाई प्रोत्साहनको कमि,सीमित स्रोत,साधन,कतिपय कानुनी र व्यवहारिक जटिलताका कारण सोचेझैं गतिमा विभागले काम गर्न नसकेको तथ्य स्वीर्कादछन् । खासमा राजश्व अनुसन्धान विभागमा राजश्व मातहतकै कर्मचारीहरु हुनुपर्ने हो तर अर्थबाट छुटाएर प्रधानमन्त्री कार्यालय मातहत पुगेको विभागमा प्रशासन सेवाका कर्मचारी हाबी हुँदा सोचेझैं परिणाममुखी काम विभागले गर्न नसकेको त्यहाँ महानिर्देशक चलाएर निस्किएका कर्मचारीहरुको भनाई सुन्न पाइन्छ । यस अघि अस्थिर बनेको राजश्व अनुसन्धान विभागको नेतृत्व कतिसम्म टिक्छ,त्यसले पनि निर्भर गर्दछ राजश्व अनुसन्धान विभागको सफलता÷असफलता ।

प्रकाशित :२०८० पुष ६, शुक्रबार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry