मुस्ताङमा हुने जलवायु परिवर्तन सम्मेलनमा सबैै स्थानीय तहलाई निमन्त्रणा

काठमाडौं। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउन आग्रह गरेको छ।

Advertisement 1

गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका सबै ७५३ वटै स्थानिय तहका प्रमुख र अध्यक्षहरूलाई निमन्त्रणा पत्र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय मार्फत पठाइसकेको छ।

तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाले पत्रद्धारा जनाएको छ ।

Notices-20250815102833567
प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry