यी हुन् यही बर्ष अवकाश हुने ३२ सहसचिवहरु
चालु आर्थिक बर्षमा एकै पटक ३२ सहसचिवहरु अवकाशमा जाने भएका छन् । निजामती किताबखानाले इकर्मचारी डटकमलाई उपलव्ध गराएको विवरण अनुसार, ५८ बर्ष उमेर हद लागेर ३२ जना सहसचिव र १९ सचिवहरु घर जाने भएका हुन ।
Advertisement 1
जस अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कृष्ण प्रसाद ज्ञवाली, गृह मन्त्रालयका फणिन्द्र मणि पोखरेल, लोक सेवा आयोग केन्द्रिय कार्यालय अनामनगरका वलदेव प्रसाद जोशी, नेपाल ट्रष्टको कार्यालयका विष्णु राज ढकाल, जिल्ला प्रशासन कार्यालय सर्लाहीका थानेश्वर गौतम, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कृष्ण प्रसाद धिताल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इन्द्र मणि पोखरेल, गृह मन्त्रालयका बाबुराम खतिवडा, निर्वाचन आयोगका शालीग्राम शर्मा पौडेल, युवा तथा खेलकुद मन्त्रालयका ध्रुव गैँडा, पर्यटन कार्यालय पोखराका कृष्ण बहादुर बोहरा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका भूमि राम शर्मा, जिल्ला प्रशासन कार्यालय महोत्तरीका दीपक कुमार पहाडी अवकाशमा जाने भएका छन् ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केशव प्रसाद बिमली, गृह मन्त्रालयका राम प्रसाद पाण्डे, राष्ट्रिय योजना आयोगका सचिवालयका बाबुराम सुवेदी, जिल्ला प्रशासन कार्यालय बाराका नवराज सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका भगवान अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कमल राज ढकाल, भन्सार विभाग काठमाण्डौका गोविन्द प्रसाद सुवेदी, जिल्ला प्रशासन कार्यालय, कास्कीका टेक बहादुर के.सी अवकाश पाउनेछन् ।
Advertisement 2
जिल्ला प्रशासन कार्यालय दोलखाका भोज राज खतिवडा, धनगढी उप-महानगरपालिकाका राम लाल श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौडाका नारायण शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर, मोरङका ज्ञानेन्द्र प्रसाद ढकाल, लोक सेवा आयोग, सुर्खेत कार्यालयका अन्जन कुमार मिश्र, लोक सेवा आयोग, धनकुटा कार्यालयका टाम लाल पाण्डे सेवानिवृत्त हुनेछन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौंका ध्रुव राज पण्डित, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बाबू राम ज्ञवाली, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका हेमन्त राज निरौला, काशी राज दाहाल ५८ बर्ष उमेर हद लागेर अवकाशमा जाने भएका छन् ।
Advertisement 3