दुई एआईजीपी र चार डीआईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । जनपद प्रहरीतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)बाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका उमेशराज जोशी र भिमप्रसाद ढकाललाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । यस्तै प्राविधिकतर्फ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीपीमा बढुवा भएका डा.देउती गुरूङ र नबिन्द अर्याललाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
Advertisement 1
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहकाबीच उनीहरूलाई दर्ज्यानी चिन्ह्र प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को वैशाख २७ गतेको निर्णयअनुसार जोशी र ढकाल डीआईजीपीबाट एआईजीपी पदमा बढुवा भएका थिए ।
यसैगरी वैशाख २३ गतेको गृहमन्त्री स्तरको निर्णयअनुसार गुरुङ र अर्याल एसएसपीबाट डीआईजीपी पदमा बढुवा भएका थिए । दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।
Advertisement 2
प्रहरी महानिरीक्षक कुँवरले नीति निर्माण र मानवश्रोत व्यवस्थापनतर्फ नेतृत्व वर्ग संवेदनशील भई काम गर्नुपर्ने उल्लेख गर्दै दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने समस्या र चुनौती निस्तेज पार्न परिस्थितिको आँकलन गरी स्पष्ट धारणासहित तहगत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए । राष्ट्र, संगठन र नागरिकलाई दिएको योगदानको कदर गर्दै बढुवा गरिएको चर्चा गर्दै उनले बढुवापछि अपराध अनुसन्धान तथा नियन्त्रण समेतमा प्राविधिक क्षेत्रबाट अझ रचनात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
समारोहमा बढुवा भएका वरिष्ठ प्रहरी अधिकृतको तर्फबाट मन्तव्य राख्दै एआईजीपी उमेशराज जोशीले बढुवासँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य वोधका साथ पूरा गर्ने बताए । पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आआफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Advertisement 3
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।