तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

निर्वाचन आयोगले लगातार तीन दिन सार्वजनिक बिदा दिनका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अघि र पछिका ३ दिन सार्वजनिक निकायमा बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

Advertisement 1

आयोगले २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन प्रस्ताव गरेको हो । मंसिर ३ गते शनिबार पर्ने भएकाले तीन दिनमात्र बिदाको सिफरिस गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार यसबारे केहि दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री कार्यालय पठाइएको छ । बिदाबारे मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने प्रावधान छ ।

Advertisement 2

निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए  ।

प्रकाशित :२०७९ कार्तिक २८, सोमबार १३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry