कानमा इयरफोन लगाएर लोक सेवाको परीक्षा दिने उमेद्धारको परीक्षा रद्ध

लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले कानमा इयरफोन लगाएर परीक्षा दिंदै गरेका एक परीक्षार्थी सहित अरु दुई उमेद्धारको परीक्षा रद्ध गरेको हो ।

Advertisement 1

नेपालीले अमिनको लिखित परीक्षाको क्रममा कानमा इयरफोनसहित समातिएका हुन । काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेख्ने परीक्षार्थी रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ । उनलाई आयोगले लिने कुनै पनि परीक्षामा २ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।

उनले मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको आयोगले जनाएको छ । लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसूर गरेको उल्लेख गर्दै आयोगले उनलाई दुई वर्षसम्मका लागि लोकसेवाको कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको आयोगले जनाएको छ ।

Advertisement 2

आयोगले खरिदार पदका उम्मेदवार विनोदबाबु शर्माको परीक्षा पनि रद्द गरेको छ । उत्तरपुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको पाइएपछि उनको परीक्षा रद्द गरिएको आयोगले जानकारी दिएको छ ।

सहायक केन्द्राध्यक्ष र निरीक्षकले भनेको नटेर्ने दिवाकर सापकोटाको परीक्षा रद्द भएको छ । खाली पाना कलमले काट्नु भनेकोमा उनले च्यातेका थिए । लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसूरमा उनको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरिएको हो ।

Advertisement 3

विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो ।

त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ । उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो ।

त्यस्तै महेन्द्रनगरबाट दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

2080-9-3
प्रकाशित :२०८० पुष ४, बुधबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry