नेताहरू किन असुरक्षित हुदैछन ?

आफूले दैनन्दिन भोगेका समस्या समाधानको अपेक्षा सहित एउटा मतदाताले अमूक नेतालाई मतदान गरेको हुन्छ। यसरी मुलुक भरबाट संसदमा जम्मा हुने जन प्रतिनिधिबाट देश र देशबासीले ठूलो अपेक्षा गरेका हुन्छन्।

Advertisement 1

देश र जनताको आवश्यकता पूरा गर्ने अपेक्षा गरेका नेताबाट सो बमोजिमको काम नभए पछि ती जनतामा वितृष्णा उत्पन्न हुने नै भयो। प्रतीक्षाको पनि सीमा हुन्छ, धैर्यताको पनि सीमा हुन्छ, जब त्यो सीमा टुट्न पुग्छ जनताको आवेग पनि उच्चतम विन्दूमा पुगेको हुन्छ। त्यो त्यही विन्दू हो, जहां नेता भनाउदाको गालामा चट्कनको रूपमा प्रकट हुन पुग्छ। हाम्रा नेता त यति ढांट भए कि चुनावको अघिल्लो दिन सम्म मतदाता संग जोडिएको घांटी चुनाव जितेर कुर्सीमा पुग्दा तस्कर संग जोडिन पुग्छ। यस्तो अवस्थामा उसले मतदाता र ऊ संग गरेको कबूल बिर्सन पुग्छ।

फेरि हाम्रा नेताहरूको छाती ज्यादै सांघुरो र मन ज्यादै संकिर्ण देखिएको छ। असल नियत राखेर आफ्नो कमी कमजोरी देखाउने आफ्नै दलको कार्यकर्ता वा नेता भन्दा आफ्नो नक्कली गुणगान गाउने ईतर पार्टीको नेतालाई काखी च्याप्ने बानी परेको छ हरेक नेतामा। लोकतन्त्रको यत्र तत्र गुणगान गाएर कहिल्यै नथाक्ने नेताहरू आफूभने कहिल्यै लोकतान्त्रिक हुन चाहेनन्। लोकतन्त्रका मूल्य मान्यताको पालना आफूले हैन कार्यकर्ताले पालना गर्नु पर्छ भन्ने मान्यता राख्छन् हाम्रा नेता।

Advertisement 2

देशमा भएका विकृति र विसंगतिमा यी नेताहरूको प्रत्यक्ष वा परोक्ष रूपले संलग्नता भेटिने गरेको छ। त्यसै गरी अपराधको अनुसन्धान र निर्णयमा संलग्न राज्यका निकायहरूमा गरिने नियुक्तिमा यिनीहरूको हस्तक्षेपका कारण यी निकायहरूले स्वतन्त्र रूपमा काम गर्न पाएका हुदैनन्। यस्तो परिस्थितिले पनि जनताको असन्तुष्ठी बढाईरहेको हुन्छ।

समाजमा घट्ने अपराधिक कार्यमा समेत यिनीहरूका स्थानीय कार्यकर्ता जिम्मेवार हुन्छन् र यिनीहरू उपर गरिने कारवाहीलाई यिनै नेताले भीटो लगाएर कारवाही गर्न दिदैनन्। यस्तो परिवेशले अराजकता र असन्तुष्ठी निम्त्याउछ, जसले जनमानसमा आक्रोस बढाउने काम गर्छ।कुनै निकायमा रोजगारी खुल्यो भने त्यहा खुल्लंखुल्ला राजनीतिक हस्तक्षेप हुने गर्छ जस्ले असन्तुष्ठी मै मलजल गर्छ।

Advertisement 3

यसरी पक्षपाती नेताबाट सर्वसाधारणले न न्याय पाउछ, न रोजगारी। यस्तो परिस्थितिमा त्यो पीडित ब्यक्तिले गौडो कुरेर बस्छ र अनुकूलता पाए पछि चड्कन सम्म दिएर भए पनि आफूलाई शान्त पार्ने कोशिश गर्छ। हुन त यसरी कानून हातमा लिनुलाई राम्रो मानिदैन तर कानूनको पालना सर्वसाधारणले मात्र गर्नु पर्ने हो कि नेता भनाउदाले पनि पालना गर्नु पर्ने होरु वास्तवमा कानूनका अगाडि के नेता के सर्वसाधारण सबै बराबर हुनु पर्ने हो तर नेताले कानून हातमा लिएर कानून सबैका लागि हुन दिएनन्, त्यसैले यस्ता नेता उपर रीस उठ्ने बाटो बन्न गयो। नेताहरूले गर्ने अपराधिक गतिविधि कानूनको दायरा भित्र पर्ने अपेक्षा गरिएको हुन्छ तर जब त्यो आशामा तूषारापात हुन जान्छ अनि पीडित ब्यक्ति आफै न्यायकर्मी हुन पुग्छ।

नेताहरू उपर देखिने यस्ता कारवाहीहरू चड्कन भन्दा अझै अगाडि बढेर जीउ ज्यान जाने सम्मका पनि हुन्छन्। हाम्रो देशमा नेताहरू उपर हुने यस्ता कारवाहीहरू हातपाई गर्ने, चड्कन हान्ने, बोत्तल प्रहार गर्ने, कालोमोसो दल्ने कार्य सम्म सीमित छन् तर यसबाट पनि नेताहरू नसुध्रिएमा त्यो भन्दा अगाडि गएर पनि असन्तुष्ठी पोखिन सक्छन्।यसैले नेता वास्तवमा नेता नै हुनु पर्ने हो जसले जे बोल्छ त्यही गर्छ, जसले राजनीतिलाई सेवाको अर्को रूप मान्छ, जसले जनतालाई जनार्दन मानेको हुन्छ, जसमा प्रजातान्त्रिक संस्कार र संस्कृति हुन्छ, जसले कानूनको शासन मान्छ।

नेताको परिभाषा भित्र नपर्ने, नेताले गर्नु पर्ने बानी बेहोरा नगर्ने, आफू भन्दा माथिकालाई प्रभावमा पारेर चुनावको टिकट लिने, बिभिन्न बाटो कुबाटो प्रयोग गरेर चुनाव जित्ने, चुनाव जितेर गए पछि आफ्नो क्षेत्रमा नफर्किने, आफ्नो क्षेत्रका समस्यालाई अनदेखा गर्ने, नीति र कानून बनाउनुको सट्टा ठेक्का पट्टा तिर ध्यान दिने, राजनीतिलाई पेशा, ब्यबसाय बनाउने अनि यस्तैलाई नेता मानेर जनताले फूल मालाले स्वागत गर्लान्रु बिलकूल गर्दैनन्, जनतालाई अर्को चुनाव सम्म कुर्न पनि हतार हुन्छ, त्यसैले यी जनताले कूवरको रूप लिन्छन्, राईको रूप लिन्छन्। पहिला पहिला जस्तो जनता डराएर चूप लाग्ने बेला हैन यो । आफ्नो हक र अधिकार खोज्न अरूलाई लगाउदैनन् आफै खोज्छन्। त्यसैले नेता सुध्रिनुको बिकल्प छैन, नेताले आफ्नो ब्यबहार सुधार्नुको बिकल्प छैन।

प्रकाशित :२०८० पुष १, आईतवार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry