प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ ।
Advertisement 1
दुई चरणमा बस्ने बैठकमा पहिले प्रधानमन्त्री देउवाले संसदलाई जानकारी दिने र दोस्रो चरणमा विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। तर अहिले उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन्। यदी विश्वासको मत पाएको खण्डमा अबको डेढ बर्ष देउवाले नेतृत्व गर्ने अवसर पाउनेछन् । कथं विश्वासको मत प्राप्त गर्न नसकेको अबस्थामा काम चलाउको हैसियतमा पुग्नेछन् । र ६ महिनाभित्र निर्वाचन गराउनु पर्नेछ ।