सरुवामा परेका सचिवलाई अदालतबाट न्याय,फर्किए मन्त्रालयमै

गत साता ७१ सहसचिवको सरुवा हुँदा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालाई मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको करिडोरमा पुर्याइएको थियो ।
बजार मूल्य साढे चार करोड हाराहारी रहेको सिटी स्क्यान मेसिन आठ करोडमा किन्न राजी नहुँदा उनी त्यहाँबाट हुत्याइएका थिए । एउटै मेसिनमा चार करोड खाने दाउमा हलुवामा बालुवा’ बनिदिएका उनै सचिवलाई पाखा लगाएर त्यहाँ दशौं तहका दीपक तिवारीलाई निमित्त तोकिएको थियो ।

Advertisement 1

साढे ४ करोड पर्ने सिटी स्क्यान मेसिन ८ करोडमा खरिद गर्ने गरी स्पेसिफिकेशन बनाउन राजी नहुँदा सचिवलाई फुटबल बनाएर मुख्यमन्त्री कार्यालयको बरण्डामा पुर्याइएसँगै खड्का न्याय खोज्दै सर्वाेच्च अदालतको ढोका ढकढकाउन आइपुगे । उनै सचिव खड्का सर्वोच्च अदालतको अन्तरिम आदेशबाट स्वास्थ्यमै फर्किएका छन्।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार खड्कालाई हटाउने निर्णय कार्यान्वयनमा रोक लगाउँदै कारण देखाऊ आदेशसँगै अन्तरिम आदेश समेत जारी गरेको छ।

Advertisement 2

मुख्यमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री (काँग्रेस संसदीय दलको नेतासमेत) बहादुरसिंह लामादेखि स्वास्थ्य मन्त्री उत्तम जोशीको इशारा नमान्दा प्रदेश सचिव मुख्यमन्त्री कार्यालयको करिडोर (जगेडा)मा पुगेका उनै सचिव खड्का अदालतको आदेशबाट स्वास्थ्य मन्त्रालयमै फर्किएका छन् ।

Advertisement 3

प्रसंग जोडिन्छ बहादुर सिंह लामाको गृहजिल्ला नुवाकोटमा अवस्थित त्रिशूली अस्पतालको सिटी स्क्यान मेसिन खरिद प्रकरणसँग । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले त्रिशूली, सिन्धुली र भक्तपुर अस्पतालमा झण्डै २४ करोड खर्चेर सिटी स्क्यान मेसिन राख्न खोज्दै छ । जबकि बजारमूल्य अनुसार यो मेसिन बढीमा १५ करोडमै राख्न सकिने बताउँछन्, जानकारहरू ।

प्रकाशित :२०८० मंसिर २९, शुक्रबार १०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry