बागमती प्रदेश लोक सेवाले खोल्यो ठूलो संख्यामा विज्ञापन (सूचनासहित)
बागमती प्रदेश लोक सेवा आयोगले ठूलो सङ्ख्यामा विज्ञापन खोलेको छ । आयोगले वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहको प्राविधिक तथा अप्राविधिक पदहरूको विज्ञापन खुलाएको हो ।
Advertisement 1
बाग्मती प्रदेशका रसुवा,नुवाकोट,धादिङ,सिन्धुपाल्चोक,चितवन,रामेछाप,दोलखा लगायतका जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त रहेका दरबन्दी पुर्ति गर्नका लागि आयोगले विज्ञापन खोलेको हो ।
जेष्ठता र कार्य सम्पादन मूल्यांकनद्धारा हुने बढूवाका लागि २६,सामान्य प्रशासन समूहबाट २९,भेटनरी समूहबाट २१,ला. पो. डे. डे. समूह २१,कृषि प्रसार बागबानी,बाली विज्ञान समूह २६ र विभिन्न स्थानीय तहका लागि आयोगले विज्ञापन खुलाएको हो ।
यो बागमती प्रदेशले पहिलो पटक खोलेको विज्ञापन हो । इच्छुक र योग्य उम्मेद्धारले उम्मेदवारले लोक सेवाको वेबसाइटबाट फारम डाउनलोड गरी आवेदन भर्न सक्नेछन् । यसरी भरेका आवेदन फारमहरू काठमाडौँ उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र (जावलाखेलमा रहेको छ), मकवानपुर जिल्लाको हकमा प्रदेश लोक सेवा केन्द्रीय कार्यालय र प्रदेश भित्रका अन्य जिल्लाको हकमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा बुझाउन सकिनेछ ।