शेषनारायणको नयाँ एक्सन

रोजीरोटीका लागि आम नेपाली विदेसिने गरेका छन् । सरकारले पनि विदेस जानेको लागि स्वीकृति दिएको छ । तर बिचमा बिचौलिया हावी भएर विभिन्न देशमा नेपाली युवायुवती पठाउनको लागि बिचौलियाले विभिन्न मेनपावर र कन्सल्टेन्सीसँग सम्बन्ध राख्छन् र मेनपावर कम्पनी, कन्सल्टेन्सी, बिचौलिया मिलेर विभिन्न देशको अफर आएको भन्दै विभिन्न कलेजका युवायुवतीदेखि रोजगारी नपाएर बसेका नेपालीलाई विदेश पठाउने बहाना गरी दुर्गमदेखि सुगमसम्म बिचौलिया घुमेर आम नेपालीलाई ठग्ने योजना बनाएर बिचौलियाले ठगी गर्दै आएका छन् र ठगीका मुद्दा वैदेशिक रोजगार विभागमा उजुरी पनि परेका छन् ।

Advertisement 1

वैदेशिक रोजगार विभागको जिम्मेवारी सम्हालेका छन् शेषनारायण पौडेलले । उनी विभागमा आएपछि प्रशासनिक कामलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने काम भएको छ । श्रम कार्यालय ताहाचल र अन्य सम्बन्धित कार्यालयमा भइरहेको भीड र त्यो भीडका कारण उत्पन्न समस्यालाई निराकरण गर्ने कामको शुरुवात भइसकेको छ । यसबाट गुनासो, उजुरी, झगडा र विचौलियालगायतका समस्या समाधान गर्नमा सहयोग पुगेको छ । ती अस्वभाविक र पट्यार लाग्दा कामलाई सरल र सहज बनाउनका लागि यो गर्नु अत्यावश्यक थियो । त्यसो हुनाले हामीले प्रविधिको प्रयोग गरेर यी समस्याको निराकरण भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या जसरी बढिरहेको छ, त्यसरी नै ठगि र उजुरीका घटना पनि बढिरहेका छन् । रोजगारीका नाममा हुने ठगि र वेथितिलाई नियन्त्रण गर्नका लागि उनी गम्भीर रूपमा लागिरहेका छ ।

हिजो असार २९ गते दिप ज्योति भरसिज प्रा.नि. का संचालकहरु डिल्लीराम खतिवडा, सानुबाबु दाहाल र विश्ववन्दु गैह्रे बिरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण ववरमहल काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीहरुले आकर्षक तलव सुविधा सहित जापान देशको कन्स्ट्रक्सन कम्पनीमा वैदेशिक रोजगारमा लैजाने भनि ओम महादुर पुलामी मगरबाट दुई लाख , मनोज अस्तानी यम बहादुर अस्तानीबाट तीन लाख, विरेन्द्र मगरबाट तीन लाख र दिपक आचार्यबाट एक लाख असी हजार ठगी गरेको भनी उजुरी परेपछी वैदेशिक रोजगार न्यायाधिकरण ववरमहल काठमाडौंमा मुद्दा दायर गरिएको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले ठगी गरेको रु.११,८०,००० र सो रकमको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति बापतको रु.९०,००० समेत गरि जम्मा बिगो सत्र लाख सत्तरी हजार सहित मुद्दा दायर गरिएको छ । त्यस्तै दि हिमालयन एचआर प्रालीका संचालकहरु प्रदिप कुमार श्रेष्ठ, प्रकाश राई र सन्तोष कुमार मगरले आकर्षक तलब सुविधा सहित पोल्याण्ड देशको प्रतिष्ठित कम्पनीमा वैदेशिक रोजगारमा लैजाने भनि ठगी गरेका छन् ।

Advertisement 2

उनीहरुले अमिर श्रेष्ठबाट तीन लाख र चतुरबहादुर दरैबाट दुई लाख पचहत्त्तर हजार ठगी गरेपछि उनीहरु बिरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण ववरमहल काठमाडौमा मुद्दा दायर गरिएको छ। त्यस्तै एस. टि. एल. ट्रेड लिङ्क प्रा.लि. का संचालक कालीबहादुर विष्टले आकर्षक तलब सहित पोल्याण्ड मुलुकमा पठाइदिने भनी नरहरि थापासँग रु साठी हजार ठगी गरेको भनी दर्ताको आधारमा विभागबाट अनुसन्धान हुँदा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित :२०७९ असार ३१, शुक्रबार ०९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry