निजामतीमा रेकर्ड ब्रेक :- एकै पटक प्रशासनिक नेतृत्वमा ९ महिला सचिव

नेपालको निजामती सेवामा नयाँ रेकर्ड कायम भएको छ । प्रशासनिक नेतृत्वमा ९ जना महिला पुगेका छन् । परराष्ट्र मन्त्रालयको इतिहासमै पहिलो महिला सचिवको रुपमा सेवा लम्साल नियुक्त भएसँगै महिला सचिवको संख्या ९ पुगेको हो । ७२ बर्षपछि परराष्ट्र मन्त्रालयले पहिलो महिला सचिव पाएको छ ।

Advertisement 1

बिहिबारको क्याविनेट बैठकले लम्साललाई परराष्ट्र सचिवमा नियुक्त गरेको हो । लम्साल २५औँ परराष्ट्रसचिव हुन् । परराष्ट्र मन्त्रालयको प्रवक्ता तथा संयुक्त राष्ट्रसंघ हेर्ने डिभिजन प्रमुखका रूपमा कार्यरत रहेकी लम्सालले यस अघि नै पाकिस्तानका लागि नेपाली राजदूत चलाइसकेकी थिइन । भोजपुर स्थायी ठेगाना भएकी नवनियुक्त सचिव लम्सालले ०६७ मा परराष्ट्रको उपसचिवमा नाम निकालेकी थिइन् । त्यसको एक वर्षमा उनी सहसचिव भएकी थिइन् ।

दुई साता अघिमात्र सरकारले सरिता दवाडीलाई सचिवमा उकालिएको छ । हिजैको क्याविनेटले दवाडीलाई ऊर्जा आयोगमा पठाएको छ ।
अब प्रशासन सेवातर्फबाट तीन जना महिला देवकुमारी गुरागाईं, लक्ष्मीकुमारी बस्नेत र राधिका अर्याल, प्राविधिक सेवाका प्रमिलादेवी बज्राचार्य र सरिता दवाडी, कानून सेवातर्फ लीलादेवी गड्तौला र न्याय सेवातर्फ निर्मला पौडेल छन् । लेखापरीक्षण सेवातर्फ एकजना मात्रै विन्दू बिष्ट छिन् । परराष्ट्र सेवातर्फ विशिष्ट श्रेणीको एकमात्र दरबन्दी सचिवमा सेवा लम्साल सचिव भएका छन् ।

Advertisement 2

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुन हेर्ने सचिवमा लिलादेवी गड्तौला, शिक्षा मन्त्रालय अन्तर्गतको विज्ञान तथा प्रविधि सचिवमा प्रमिलादेवी बज्राचार्य, स्वास्थ्य मन्त्रालयको जनसंख्या र प्रशासनमा देवकुमारी गुरागाईं सचिवको रुपमा कार्यरत छन् ।

यस्तै बढुवा पछि लक्ष्मी बस्नेत गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छिन् भने राधिका अर्याल लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छिन । यस्तै महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षक विन्दु विष्ट र सर्वोच्च अदालतमा रजिष्ट्रार निर्मला पौडेल सचिव सरहको हैसियतमा कार्यरत छन् ।
पछिल्लो समय राज्यको नीति निर्माण तहमा महिलाको सङ्ख्या उल्लेखनीय रूपले बढ्न थालेको छ । राष्ट्रिय किताबखानाको तथ्याङ्क हेर्दा निजामती सेवामा महिलाको सहभागिता २७ प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विभिन्न सेवामा ७४ जना विशिष्ट श्रेणीको दरबन्दीमा पहिलो पटक १२ प्रतिशत अर्थात ९ जना महिला पुग्न सफल भएका हुन् ।

प्रकाशित :२०८० मंसिर २९, शुक्रबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry