प्रत्येक नेपाली थाप्लोमा ७४ हजार रुपैयाँ ऋण

तपाईको टाउकामा ऋणको भार कति छ ? हामीले व्यक्तिगत रुपमा लिएको ऋण त हामीले व्यक्तिगत रुपमै थाप्लोमा बोक्ने गर्दछौं । मुलुकले लिएको ऋणको हिसाब किताब गर्दा प्रत्येक नेपालीको थाप्लोमा झण्डै ७४ हजार ऋृण पुगेको छ । एक जना बच्चा जन्मने वित्तिकै उसको थाप्लोमा पर्ने सार्वजनिक ऋृण ७४ हजार ५१६ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ५१६ पुगेको हो ।अघिल्लो आर्थिक बर्षमा यस्तो ऋृण ६३ हजार ३१० बराबर रहेकोमा एक बर्षमै प्रत्येक नेपालीको टाउकोमा झण्डै ११ हजार बढी ऋृणको भारी थपिएको हो ।
Advertisement 1
ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ । पछिल्लो ११ महिनामा नेपाल सरकारको ऋण १ खर्ब ६० अर्ब रुपैयाँले बढेको हो ।
पछिल्लो वर्षमा मुलुकको ऋणभार बढ्दै गएको छ । ०७४ को फागुनमा सरकारको कूल ऋण रु आठ खर्ब ४३ अर्ब रहेकोमा ०७७ फागुनसम्म त्यो बढेर रु १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेकोमा ८० सालसम्ममा आइपुग्दा २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको हो ।
Advertisement 2
केही महिना अघिमात्र राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार नोपलको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ। कुल सार्वजनिक ऋणलाई कुल जनसंख्याले भाग गर्दा प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ।