करारका शिक्षक र कर्मचारीलाई स्थायी नगर्न माग
त्रिभुवन विश्वविद्यालय करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी गर्न खोजिएको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।
Advertisement 1
सोमबार एक विज्ञप्ति जारी गरी त्रिवि सेवा आयोगलाई नेतृत्वविहीन बनाई प्रक्रिया मिचेर करार सेवाका शिक्षक र कर्मचारीलाई स्वतः स्थायी गर्नै खोजिएको भन्दै स्वीकार्य नहुने अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका संयोजक समीरराज विष्टले बताए ।
‘खराब तथा स्वार्थगत राजनीतिमा लिप्त रहँदै आफ्ना नजिकका व्यक्तिलाई स्स्थायी गराउने सम्भावना हुुने हुँदा उक्त कार्य स्थगन गरी त्रिवि सेवा आयोगको खुला परीक्षामार्फत पदपूर्ति गर्न अनेरास्ववियु त्रिवि जिल्ला कमिटी त्रिवि पदाधिकारीसमक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।एक वर्षसम्म त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्ति नगरेर शैक्षिक क्षेत्र धरासायी बनाउन लागेको अनेरास्ववियुले आरोप लगाएको छ ।
Advertisement 2