भ्रष्टाचार मुद्दामा अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष तीन महिना कैद,३९ लाख जरिवाना

विशेष अदालत काठमाडौले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

Advertisement 1

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई दोषी ठहर गर्दै ३ वर्ष ३ महिना कैदका साथैं ३९ लाख जरिवानाको सजाय सुनाएको हो ।

आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए ।

Advertisement 2

सोही प्रकरणमा नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदका साथैं ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।

 

प्रकाशित :२०७९ पुष २८, बिहीबार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry