वाणिज्य विभागले गर्यो ५ फर्मलाई कारवाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पाँच फर्मलाई कारवाही गरेको छ । नियमित अनुगमनका क्रममा विल विजक जारी नगरेको भन्दै रातोपुलकोको किराना पसललाई ५ हजार जरिवाना गरेको छ । आफ्नो कारोवारको विल विजक जारी नगरेको भन्दै फर्मलाई कारवाही गरेको विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले बताए ।
त्यसैगरी रातोपुलको एक अटोपार्टसलाई विभागले माग गरेको कागजात र अन्य विवरण दिन नमानेको भन्दै १० हजार जरिवाना गरेको छ । मुपानीको निमार्ण सामग्री बिक्री वितरण गर्ने एक पसलले पनि विभागले आफ्नो कारोवारको विल विजक जारी नगरेको भन्दै १० हजार जरिवाना गरिएको विभाग स्रोतले बताएको छ ।
Advertisement 1
रातोपुलको किराना पसलले विभागले माग गरेको कागजात र अन्य विवरण दिन नमानेको भन्दै १० हजार जरिवाना गरेको छ । मूल्यसूची नराख्ने, इजाजतपत्रको कागजात पसलमा नराख्ने, इजाजतपत्र नवीकरण नगर्ने, कतिपयले इजाजतविनै पसल सञ्चालन गर्ने, मूल्यमा ठगी गर्ने, रि–लेबलिङ गर्नेलगायतका कैफियत भेटिने गरेको विभागले जनाएको छ।