लोकसेवाले माग्यो २७३ शाखा अधिकृत

लोक सेवा आयोगले २७३ कर्मचारी माग गरेको छ। आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत)को पदका लागि कर्मचारी माग गरेको हो। बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको छ।

Advertisement 1

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो। दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय निर्धारण गरिएको छ।

Advertisement 2

प्रकाशित :२०८० मंसिर २७, बुधबार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry