भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ।

Advertisement 1

शुक्रबार काठमाडौँस्थित आयोगको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको हो। उनिमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना तथा ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप छ। श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन्। यसअघि उनी पोखरिया नगरपालिकामा कार्यरत थिए।

प्रकाशित :२०८२ असार ६, शुक्रबार १६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry