अवकाश प्राप्त सचिवको प्रश्न :-मुख्य सचिव पद छ कि खारेज भयो ?
अवकाश प्राप्त सचिव केदार न्यौपानेले मुख्य सचिव पद छ वा खारेज भयो ? भन्ने गम्भीर प्रश्न उठान गरेका छन् । सामाजिक सञ्जालमार्फतत उनले सोमलाल सुवेदी र लीलामणि पौडेल पछि मुख्य सचिव पद छ कि खारेज भयो ? भन्दै वर्तमान कर्मचारीको नेताप्रति गम्भीर प्रश्न उठाएका हुन ।
Advertisement 1
किन यस्तो अभिव्यक्ति दिनुभएको भन्ने प्रश्नमा केदारले जवाफ दिएका छन् हामीले अध्ययन गर्दा/हेर्दा नेपालका उहिलेका मुख्यसचिवहरु चिनिन्थें । तिनले बोलेका सुनिन्थें । उनीहरुका राम्रा कामको हामी अनुशरण गरिन्थ्यो र गर्छौ पनि तर विगतका दुई÷तीन जना मुख्य सचिवका कुरा सुनिदैनन् । मुख्य सचिव को छ भन्ने नै थाहा छैन । कारण ती एस म्यान भए । मुख्य सचिव भनेको कर्मचारीको नेता । नेताले नेतृत्व दिनुपर्देछ । पेन्सनको मुखमा भएको मान्छेले नेतासँग क्षणिक लाभका लागि नचाहिँदो कुरा गर्न उचित हुँदैन । राजाको शासन कालमा मुख्य सचिवसँग प्रधानमन्त्रीदेखि मन्त्रीहरु डराउँथें । नचाहिने काम गर्न दिँदैन भनेर मन्त्रीहरु सचिवसँग डराउथें ।
०६३ को परिवर्तन पछि जताततै राजनीति छि¥र्यो । स्कूलको व्यवस्थापन समितिदेखि स सना समितिमा समेत राजनीति तर उत्पादन बढेन । भएका उद्योग नीजिकरणका नाममा बेच्यौं । खाद्यान्नमा भारत र चीनजस्ता छिमेकीको भर पर्न थाल्यौं । हाम्रा जग्गा जमिन बाँझो राखेर यहाँका युवाहरुलाई विदेशतिर श्रम गर्नका लागि खेद्यौं । यो जस्तो मुलुकका लागि दूर्भाग्य अरु के हुन सक्छ ? यस्ले हामी र हाम्रो देशलाई कहाँ पु¥याउला ? पछिल्लो समय त निजामती सेवा र मुख्य सचिवको हैसियतै रहेन । पहिलाको कुलशेखर शर्मा,यदुनाथ खनाल,भेषबहादुर थापा,विमल कोइराला,लिलामणि पौडेल,सोमलाल सुवेदीसम्म आर्दश मानिन्छ । त्यतिखेरको सरकारले सोमलाललाई सरकारले जुन प्रकारको व्यवहार ग¥र्यो त्यो राम्रो थिएन ।
Advertisement 2
मुख्यसचिवहरु प्रधानमन्त्री मन्त्रीको अघि एस म्यान बन्नुको पछाडि राजदुतको लोभले पो हो कि ? भन्ने हाम्रो प्रश्नमा केदारले ‘मुख्यसचिव पछि राजदुत,मन्त्रीबाट हटेर राजदुत खाएर आएकाहरु पनि देखिएका छन् । उनीहरु पनि यही समाजमा छन् । तर खुसी छैनन् । हामीले गरेका कामले हामीलाई पिरोल्नु भएन । हाम्रोमा धेरै त कलेजका अनुहार नै नदेखेकाहरु पनि हाकिमहरु छन् । धेरै साथीहरु सेवाको सानो तहबाट प्रवेश ग¥र्यो । पदको हैसियत बढाउँदै लग्यो तर अरु हैसियत बढाउन सकेन । अहिले हाम्रो लोकसेवाको छनौंट पद्धतिमै मुख्य सुधार गनुपर्दछ कि जस्तो लाग्छ । राम्रो स्कुल वा कलेजमा पढेका मान्छेको लोकसेवाप्रति रुची छैन । एक त निजामती सेवाले मान्छेलाई खासै आकर्षण पनि छैन । अर्काे पाठ्यक्रम पनि सुधार्नु जरुरी छ । विदेशको विश्वविद्यालयमा पढेर नेपालको लोकसेवा भिडेको अहिलेसम्म मैले देखेको छैन ।’