अध्यागमनका दुई अधिकृतलाई कारबाही सिफारिस
अध्यागमन विभागले आफ्ना दुइ अधिकृतलाई कारवाहीका लागि सिफारिस गरेको छ ।
Advertisement 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा विभागले दुई अधिकृतलाई कारवाहीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
वैदेशिक ठगी मुद्धामा मुछिएका नुवाकोटका श्यामराज पाण्डेलाई विमानस्थकै अधिकृतको मिलेमतोमा भगाइएको भेटिएपछि अध्यागमन विभागका निर्देशक कमल प्रसाद पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
उक्त छानबिन समितिले कर्मचारीको चरम लापरबाही रहेको देखाउँदै अधिकृतद्वय सन्तोष सुवेदी र गणेशबिक्रम शाहमाथि कारबाहीको लागि गृहलाई सिफारिस गरेको हो।
घटना लगतै दुबै अधिकृतलाई जिम्मेवारीबाट हटाइएको थियो ।
प्रकाशित :२०७९ मंसिर १, बिहीबार ०६:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%