वनुवामा पहिरो खसेको महिना दिनः कता गए माननिय तीन ?

पासाङ ल्हामु राजमार्ग अन्तरगतको उत्तरगयाँ गाउँपालिका वडा नम्बर ५ पर्ने वनुवामा पहिरो खसेको महिना दिन बिती सक्दा पनि बाटो खुल्न सकेको छैन् ।

Advertisement 1

विगत महिना दिनदेखि पहिरोका कारण सो मार्ग अवरुद्ध हुँदा स्थानीयदेखि पर्यटकसम्मले सास्ती खेप्दै आएका छन् । समयमा बाटो निर्माण हुन नसक्दा केहि दिन अगाडी मात्र एक जना सवारी चालकले ज्यान गुमाएका छन् । रसुवाबाट काठमाडौँ जाने क्रममा डिब्बा दुर्घटनामा परेर चालकले ज्यान गुमाएका छन् । गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौँको सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा दुर्घटना हुँदा चालकले ज्यान गुमाउनु परेको छ ।

यस्तो हुँदा पनि संघिय सांसद इन्जिनियर मोहन आचार्य प्रदेश “क” सांसद प्रभात लामा प्रदेश “ख” सांसद प्रेम तामाङ कानमा तेल हालेको जतिकै छन् । अहिले केन्द्रे र प्रदेशमा आफ्नै सरकार हुँदा समेत केहि पहल हुन सकेको छैन् । नाकाबाट आएको सामान त्यहि अड्केको छ भने यात्रुहरु बिच बाटोमै रुल्ल टुल्ल हुनुपर्ने बाध्य परेको छ । यहि कारण रसुवाली जनताले सास्ती खेप्न बाध्य भएका छन् । सामाजिक संजालमा सांसद तथा स्थानिय जनप्रतिनिधिहरु माथी आक्रोश पोख्नेहरु ज्यादा छन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ भाद्र २०, सोमबार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry