जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ को आयोजना हुँदै

काठमाडौं। ‘सिजी प्रोपर्टिज’ ले काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ को आयोजना गर्ने भएको छ।

Advertisement 1

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजित यस एक्स्पोमा घर जग्गा खरिदकर्ताका लागि थुप्रै आकर्षक अफरहरू सार्वजनिक गरिएका छन्। असोज १ देखि ४ गतेसम्म आयोजना हुने उक्त एक्सपोमा रु ७७ लाख ५० हजारको घर योजना, २५ प्रतिशत छुट र रु ५ हजार एकको टोकन बैना अफर गरिएको छ।

काठमाडौँ नजिकै नुवाकोट र रसुवाका बासिन्दालाई पायक पर्ने क्षेत्रमा) ३ बेडरुमसहितको दुईतले आकर्षक घर करिब रु १ करोड ४० लाखसम्ममा उपलब्ध गराउने अवधारणा ‘सिजी प्रोपर्टिजले प्रस्तुत गरेको छ।

प्रकाशित :२०८३ भाद्र २९, सोमबार १५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry