९० लाख मूल्य बरावरका तस्करीका गरगहना सहित ३ जना पक्राउ
मोरङमा ५४ तोला सुन, आठ केजी चाँदी र सात लाख ९५ हजार २८९ भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय नागरिक ६१ वर्षीय विनोद मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा र भ्यान चालक विराटनगर महानगरपालिका–२ का ५२ वर्षीय विमल कामत पक्राउ परेका हुन् ।
Advertisement 1
प्रहरीले सार्वजनिक गरेको विवरणमा ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान (६ तोला), पाँच ग्रामको बिस्कुट २ थान (१० ग्राम), सुनका सिक्काहरु (३६ ग्राम), चार ग्रामको सिक्का १० थान (४० ग्राम), १० ग्रामको सिक्का १ थान, आठ ग्रामको सिक्का ६ थान (४८ ग्राम), १० ग्रामको सिक्का २ थान (२० ग्राम), कनौती २ थान (५.७८ ग्राम) र ह्यालिङ २ थान (६.५० ग्राम) गरेर ५४ तोला सुन रहेको छ ।
यस्तै चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको सामाग्रीहरुमा ढिक्का ११ थान (१७१९.४४ ग्राम), बुनिया (९२.८० ग्राम), सिक्का ६८ थान (३६८.३२ ग्राम), चार मुखे कचौरा (दियो) १ थान (५०.१४ ग्राम), सिन्दूर राख्ने सिसी १ थान (५.४८ ग्राम), थाल ६ थान (२४१४.०८ ग्राम), कचौरा ६ थान (३९७.८४ ग्राम), चम्चा ६ थान (३०३.४९ ग्राम), गिलास ६ थान (३६८.८३ ग्राम), मड्की १ थान (३७.८८ ग्राम) र डिनरसेट ढोंगा ४ थान रहेको प्रहरीले जनाएको छ ।
Advertisement 2
बरामद सुनचाँदीको बजार मूल्य ९० लाख रुपैयाँ हुने प्रहरीको अनुमान छ ।को २ च १४९५ नम्बरको इको भ्यानमा सवार भई ल्याइँदै गरेको अवस्थामा शुक्रबार प्रहरीले सुनचाँदी र नगद बरामद गरेको थियो । थप अनुसन्धानका लागि उक्त सामान जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।