१४ करोडमा अस्पताल भवन निर्माण

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ।
Advertisement 1
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए। भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उनले बताए।
अस्पतालमा हप्ताको ६ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ। हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ। अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित :२०८२ पुष १८, शुक्रबार ११:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













