कर्मचारीले समान पदमा प्रतिष्प्रर्धा गर्न वा उमेद्धार बन्न किन पाउँदैनन् ? यस्तो छ ऐन

बाग्मती प्रदेश लोकसेवा आयोगले प्राविधिक (सातौं तह) इञ्जिनियरिङ सेवा,सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्क उपसमूह,इञ्जिनियर पदका लागि विज्ञापन खोल्यो ।
विज्ञापन नम्बर ५७८- ७९/ ८० लडेर भरतपुर २ चितवनका सुदिप रेग्मीले नाम निकाले पनि ।उमेद्धार बनेर लोकसेवाका विभिन्न चरणका परीक्षा पार गर्दासम्म आयोगका पदाधिकारीहरुलाई रेग्मी समान पदमा कार्यरत रहेको चाल पाएनन् । बाग्मती प्रदेश लोकसेवा आयोगका पदाधिकारीले रेग्मीलाई नियुक्ति दिने समयमा मात्र चाल पाए कि उनी समान पदमा (सातौं तह)मा अन्यन्त्र सरकारी सेवामै कार्यरत रहेको । यो चाल पाएसँगै आयोगले बाग्मती प्रदेश निजामती सेवा ऐन ०७९ र प्रदेश लोकसेवा आयोग ऐन ०७६ को दफा लगाएर रेग्मीको सिफारिस रद्ध गर्दै उनलाई योग्यताक्रमबाट हटाएर सो पदमा वैकल्पिक उमेद्धारलाई नियुक्त गरेका छन् ।

Advertisement 1

आयोगले रेग्मीलाई प्रदेश निजामती सेवा ऐन ०७९ को दफा ९ लगाएर योग्यताक्रमबाट हटाएको जनाएको छ । प्रदेश निजामती सेवा ऐन ०७९ को पेटबोली यस्तो छ संघीय सेवा वा जुनसुकै प्रदेश वा जुनसुकै स्थानीय सेवाको समान तहको पदमा कार्यरत कर्मचारीले प्रदेश निजामती सेवाको खुला तथा अन्तर तह प्रतियोगिताद्धारा पदपूर्ति हुने तह वा पदमा समान तहमा प्रतिष्प्रर्धा गर्न वा उमेद्धार हुन पाउनेछैनन् ।


यस्तै आयोगले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा १०६ को उपदफा ३ लगाएर रेग्मीको सिफारिस रद्ध गरी सोही पदमा भदौंरे तामगी ५ कास्कीका राजन गौतम (वैकल्पिक उमेद्धार)लाई सिफारिस गरेको जनाएको छ ।

Advertisement 2

प्रकाशित :२०८० मंसिर २१, बिहीबार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry