८० हजार घुससहित एक जना सव-इन्जिनियर अख्तियारको फन्दामा

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढानिलकण्ठबाट ८० हजार घुससहित एक जना सव-इन्जिनियरलाई नियन्त्रणमा लिएको छ।

Advertisement 1

बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राईलाई अख्तियारले नियन्त्रणमा लिइएको हो। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएका टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

Advertisement 2

 

 

प्रकाशित :२०८० मंसिर १५, शुक्रबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry