लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत,शंकरदास बैरागी मुख्यसचिव !
स्थायी सरकार मानिने निजामती प्रशासनको नेतृत्व अबको दुई महिना पछि परिवर्तन हुँदैछ । अहिलेको मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल कात्तिकको पहिलो साता सकिदैंछ । बरियताक्रममा मुख्य सचिव बरियताक्रममा चन्द्र घिमिरे पहिलो नम्बरमा छन् । यस्तै पर्यटन मन्त्रालयका सचिव केदार अधिकारी पनि मुख्यसचिवका सशक्त दाबेदार हुन् । तर, अधिकारी २२ असोजमा ५ बर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् । सोही समयमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी पनि अवकाश पाउनेछन् ।
तर एक महिनाभित्रै अर्थात् आगामी असोज २२ गते अहिलेका परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिव बनाइँदैछन् । २१ गतेसम्म मुख्यसचिव नबनाएमा एक महिनापछि शंकरले सचिवको पदावधि सिध्याएर घर जानुपर्छ । तर, कात्तिक ४ गतेसम्म पदावधि बाँकी भएका लोकदर्शनलाई त्यसअघि नै प्रधानमन्त्रीकै तहबाट फकाई–फुल्याई गर्ने काम भएको छ । उनलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने शर्तमा शंकरको बाटो खुला गर्न लागिएको बताइन्छ ।