६ महिनामा २४ करोड बढी अवैध सामान नियन्त्रणमा

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएको छ । सो क्रममा सशस्त्र प्रहरीले ६ महिनामा २४ करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको हो ।

Advertisement 1

०७९ चैतदेखि २०८० भाद्र १५ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको मुख्यालयले उक्त रकम बराबरको सामान बरामद गरेका हुन्। सो अवधिमा २० करोड ७७ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिइएको जानकारी सशस्त्रले दिएको छ। यसैगरी १ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको पशुचौपाया, स्रोत नखुलेको ९९ लाख ४ हजार नेपाली र २८ लाख १७ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो।

सशस्त्रका अनुसार सोही अवधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको करिब २ हजार ८ सय १३ क्युफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ बरारको सुन तथा चाँदी बरामद भएको छ।

प्रकाशित :२०८० आश्विन २२, सोमबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry