परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी
गत आर्थिक वर्ष २०७९/८०मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् । लोकसेवा आयोगका अनुसार गुल्मीपछि स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै छन् । आर्थिक वर्ष २०७९/०८० को अवधिमा निजामती सेवातर्फ महिला १ हजार ९९ र पुरुष २ हजार ५ सय ७६ गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएको लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
Advertisement 1
गुल्मी र स्याङ्जामा लोकसेवा तयारी गर्ने र पास गर्नेको संख्या अधिक हुँदा निजामतीेमा उनीहरुको नै वर्चस्व छ । पछिल्ला समयमा तराईका धनुषा र सर्लाहीजस्ता जिल्लामा समेत लोकसेवा आयोगका परीक्षा पास गर्नेहरु बढ्दै गएको प्रतिवेदनले जनाएको छ । गुल्मी र स्याङ्जामा लोकसेवा तयारी गर्ने र पास गर्नेको संख्या अधिक हुँदा निजामतीमा उनीहरूको नै वर्चस्व देखिएको छ । तर, पछिल्लो समयमा तराईका धनुषा र सर्लाहीजस्ता जिल्लसमेत लोकसेवा आयोगका परीक्षा पास गर्ने बढ्दै गएका छन् । प्रवक्ता होमेगाईंले नायव सुब्बा, खरिदारजस्ता पदको परीक्षा बढी दरखास्त परेको ठाउँमा लिने गर्दा पनि आकर्षणमा वृद्धि हुन सहयोग गरेको बताए ।
आयोगका अनुसार गत वर्ष मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । मधेस प्रदेशबाट सबैभन्दा बढी ६ सय ८४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३ सय ९१ उम्मेदवार सिफारिस भएका थिए । समावेशी समूहतर्फका विज्ञापनबाट महिलातर्फ १ सय, आदिवासी र जनजातितर्फ ४ सय १, मधेसीतर्फ ३ सय १०, दलिततर्फ १ सय ३, अपाङ्गतर्फ ५८ र पिछडिएको क्षेत्रतर्फ ५८ गरी कुल १ हजार ४ सय ६० उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।
Advertisement 2
लोकसेवा आयोगका अनुसार सबैभन्दा अधिक दरखास्त पर्ने पाँच जिल्लाहरू क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा रहेका छन् । ती पाँच जिल्लाबाट कुल ८१ हजार ४ सय ३ अर्थात् १७ प्रतिशत दरखास्त परेको आयोजले जनाएको छ । मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पाबाट सबैभन्दा न्यून दरखास्त गरेका थिए । यी जिल्लाबाट कुल ३ हजार ७३ अर्थात् ०।६३ प्रतिशत मात्र दरखास्त परेको थियो ।