टिकटक प्रतिबन्ध विरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइने भएको छ ।
Advertisement 1
गत कार्तिक २७ को क्याविनेट बैठकले नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको छ । तिहारको छेको पारेर सरकारले टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि अस्ति शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुईटेल, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, डा सुनिलरञ्जन सिंह, स्वागत नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जरा र यज्ञमणि न्यौपानेले लगायतका १० जनाले छुट्टा छुट्टै रिट दायर गरेका हुन्।
उक्त रिट सुनुवाईका लागि आज न्यायधीश कुमार चुडालको इजलाश तोकिएको थियो । कज लिष्ट अनुसार रिटको सुनुवाइ सातौं नम्बरमा पेशी तोकिएको थियो ।
उक्त रिटमाथि आज सुनुवाई सर्वाेच्च अदालतले जनाएको छ । आजै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वाेच्च प्रशासनले जनाएको छ ।