कार्यसम्पादन प्रभावकारी बनाउन पूर्व मुख्यसचिवको संयोजकत्वमा समिति गठन

समिति बन्ने,तिनले महिनौं लगाएर प्रतिवेदन तयार पनि गर्ने तर कार्यन्वयन नहुने रोग पूरानै हो । फेरि,यस्तै अर्काे एउटा समिति थपिएको छ ।गृह मन्त्रालयले पूर्व मुख्य सचिव लीलामणि पौडेलको अध्यतामा  गृह मन्त्रालयले कार्यसम्पादन प्रभावकारिता ल्याउन भन्दै ६ सदस्यीय समिति गठन गरेको छ । गृह अन्तरगतका निकायहरुको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन पूर्व मुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा  समिति गठन गरेको हो ।

Advertisement 1

समितिमा पूर्वसचिवहरू शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, शरदचन्द्र पौड्याल, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा खङ्ग केसी छन् । यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा। विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् । सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ ।

समितिले कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपाय र त्यसको कार्ययोजनासमेत बनाउने जनाइएको छ ।

Advertisement 2

त्यस्तै मन्त्रालयले विषयगत उपसमितिसमेत बनाएको छ । पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजकत्वमा उपसमिति बनाइएको हो । समितिको सदस्यमा कानुन, न्याय र सरकारी वकिल समूहबाट सेवा निवृत सहसचिव एक जना, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीलगायत ६ जना रहेका छन् ।

 

प्रकाशित :२०८० मंसिर ४, सोमबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry