‘प्रधानमन्त्री- मन्त्रीको सचिवालयले अनियमितता नगरे ५० प्रतिशत भ्रष्टाचार कम हुन्छ’

नेपाल सरकारका पूर्व सहसचिव इ नन्द बञ्जाडेले भ्रष्ट्राचार नियन्त्रणका लागि प्रधानमन्त्री र मन्त्रीहरु नै चनाखो रहनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र मन्त्रीको सचिवालयबाट व्यापक अनियमितता र भ्रष्ट्राचार हुने गरेको बताउँद प्रधानमन्त्री र मन्त्रीको सचिवालयले अनियमितता नगरे ५० प्रतिशत भ्रष्टाचार कम हुने ठोकुवा समेत गरेका छन् ।  निजामती सेवामा ३७ बर्ष बिताएर अवकाश पछि कृषि कर्ममा रमाइरहेका बञ्जाडे अहिले रूपन्देहीको सियारी गाविस–४ मा मस्त्य तथा कृषि फाराम चलाइरहेका छन् । पुल्चोक क्याम्पसको ०३८ सालमा स्ववियु सभापति, ०४४ मा कोषाध्यक्ष चलाएका उनी ०३९ साल फागुन २९ गते ओभरसियरतर्फ अस्थायी जागिरे नियुक्त भएका हुन् । ०४७ मा स्थायी इञ्जिनियर नियुक्त भएका उनी ०६४ मा उपसचिव (डिइ), ०७६ मा सहसचिव  (सुपरिण्टेण्डेण्ट इञ्जिनियर) हुँदै अवकाशमा गएका हुन ।

Advertisement 1

उनी निजामती कर्मचारीहरुको तलब कम भएको गुनासो गर्दछन् । राज्यले राष्ट्रसेवकलाई भन्छ तिमी २४ सै घण्टाको राज्यको नोकर हौं र जहाँ खटायो त्यही जानुपर्दछ । ७७ जिल्लामा जहाँ खटायो त्यहाँ खट्नुपर्ने वा जानुपर्ने व्यवस्था राखे पनि न्यूनतम जीविकोपार्जन समेत गर्न कठिन तलबमान रहेका कारण राष्ट्रसेवकको तलबमानमा राज्य गम्भीर हुनुपर्ने उनको तर्क छ ।राज्यले कर्मचारीको जिन्दगी आफ्नो नियन्त्रणमा उसको स्वास्थ्य, सन्ततीको शिक्षा दीक्षा, आवास, दैनिकी चल्ने गरी तलब दिनुपर्छ कि पर्दैन ? यस्को बिषयमा पनि गम्भीर भएर सोच्नुपर्ने बताउँछन् । उनी अहिलेको तलब स्केलले कर्मचारी जीवन व्यतित गर्न कठिन रहेको अनुभव सुनाउँछन ।

राजनीति र कर्मचारीतन्त्रबीच सम्बन्धचाहिँ कस्तो पाउनुभयो भन्ने प्रश्नमा उनी भन्छन् – राजनीतिक आस्थाकै कारण कैयौं पटक कर्मचारीको सरुवा हुने गर्छ । नेताको आडमा अवसर पाइरहने कर्मचारी पनि छन् । यस्ता मान्छे दशदेखि १५ प्रतिशत छन् । ८० प्रतिशत कर्मचारी इमान्दारीपूर्वक काम गर्छन् । दुर्गम जिल्लामा बसेर इमान्दारीपूर्वक काम गर्नेहरू पनि छन् । कर्मचारीतन्त्रलाई एकदमै जेनेरलाइज गरेर आरोपित गर्नु ठीक होइन । प्रधानमन्त्री कार्यालय र मन्त्रीहरूको सचिवालयले मात्र भ्रष्टाचार वा अनियमितता नगर्ने हो भने ५० प्रतिशत भ्रष्टाचार आफैँ कम हुने ठोकुवा गर्दछन् ।

Advertisement 2

हाम्रो अर्काे जिज्ञासा थियो कर्मचारीतन्त्रमा क्षमतावान् मान्छे नभएकै हुन् वा भएर पनि उनीहरूको क्षमताहरूको उपयोग राज्यले गर्न नसकेको हो त ?

इ बञ्जाडे भन्छन्, जुन कुनै पार्टीका केन्द्रीय कमिटिका नेताहरु एकातिर र  एउटा तहका कर्मचारी एकातिर राखेर उनीहरुको बौद्धिकता र इमान्दारिता परिक्षण गर्न आग्रह गर्दछन् । यो परिक्षणमा कर्मचारी अब्बल ठहरिने उनको दावा छ । उनीहरूको इमान्दारीको निष्पक्ष रिसर्च गरोस् कसैले । त्यसमा कर्मचारी अब्बल ठहरिन्छन् । निजामती क्षेत्रमा ३७ बर्ष समय व्यतित गर्दा आफूले  मन्त्रालयमा सम्मान गर्नलायक दुई/तीन जना मन्त्रीबाहेक अरु कोही नभेटेको समेत उनको भनाई छ ।

प्रकाशित :२०७९ भाद्र ५, आईतवार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry