सातामा दुई दिन बिदा दिँदा राज्यको ढुकुटीको १ अर्ब ६४ करोड रुपैयाँ बचत हुने

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड रुपैयाँ बचत हुने सरकारी अध्ययन समितिको निष्कर्ष छ ।

Advertisement 1

संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा एउटा समिति गठन गरेको थियो ।
सो समितिमा पर्यटन मन्त्रालयका सह सचिव कमल प्रसाद भट्टराई,रुद्रसिंह तमाङ,पर्यटन बोर्डको कार्यकारी निर्देशक धनञ्जय रेग्मी,गृहका उपसचिव वाशुदेव घिमिरे,अर्थ मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासनका उप सचिव कविन्द्र नेपाल सम्मिलित सिफारिस समिति गठन भएको थियो ।
सिफारिस समितिले सातामा दुई दिन सार्वजानिक विदा दिने प्रस्ताव अघि बढाएको छ ।

सातामा दुई दिन बिदा हुँदा विभिन्न शीर्षकमा १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन प्रतिवेदनको ठहर छ ।

Advertisement 2

सो व्यवस्था लागू भए वर्षभर इन्धन, विद्युत्, पानी तथा सरसफाइ र यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने प्रतिवेदनमा उल्लेख छ ।
१२७ देशमध्ये ९१ प्रतिशत मुलुकमा सातामा दुई दिन बिदा हुने व्यवस्था छ । ३१ देशमा सातामा १ दिनम मात्रै बिदा हुने गरेको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । एसियाका ४३ देशमध्ये ३८ मुलुकमा सातामा दुई दिन बिदा हुने गरेको छ । दक्षिण एसियाली सार्क क्षेत्रका ८ वटा देशमध्ये नेपालमा मात्रै सातामा १ दिन बिदा हुने चलन छ ।
प्रतिवेदनले विदेशमा पाँच दिनमै कर्मचारी र श्रमिकबाट ४० घण्टाको काम लिने र सातामा दुई दिन बिदा दिने प्रावधान रहेको उदाहरण पनि दिइएको छ । तर, नेपालमा ४० घण्टाकै कामका लागि कर्मचारी र श्रमिक सातामा ६ दिन कार्यालय गए पनि अनुत्पादक देखिएको सो प्रतिवेदनको दाबी छ ।

प्रकाशित :२०७७ मंसिर २८, आईतवार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry