५७ मुलुकमा फैलिसक्यो ओमिक्रोन, अस्पताल भरिँदै जानेछन्ः डब्लूएचओ
विश्व स्वास्थ्य संगठनले बुधबार ओमिक्रोन बिस्तारै फैलदै जाँदा अस्पतालहरु भरिन थाल्ने चेतावनी दिएको छ ।
Advertisement 1
हालसम्म ५७ वटा देशमा फेला परिसकेको कारण अब साम्ताहिक रिपोर्टमा डब्लूएचओले ओमिक्रोनका कारण गम्भीर बिरामी पर्न सकिनेबारे चाहिँ थप डाटा आवश्यक रहेको बताएको छ । यसको म्युटेसनले खोपबाट प्राप्त सुरक्षालाई कसरी प्रभाव पार्छ भन्ने अझै स्पष्ट नभएको पनि बताइएको छ ।
डब्लूएचओको बयान यस्तो छ, “यसको असर डेल्टा बराबर या त्यो भन्दा कम भएपनि संक्रमण फैलिएपछि यसले अवश्य नै आगामी दिनहरुमा अस्पताल भर्ना हुने क्रम बढाइदिनेछ । ” २६ नोभेम्बरमा डब्लूएचओले ओमिक्रोन भेरियेन्टलाई चिन्ताजनक घोषणा गरेको थियो । चिन्ताजनक मानिएको यो पाचौँ भेरियेन्ट हो ।
Advertisement 2
यसरी दक्षिण अफ्रिकामा डिसेम्बर ५ सम्म मात्र संक्रमण सङ्ख्या दुई हप्ताले बढेर ६२ हजार भन्दा धेरै पुगेको हो । इस्वातिनी, जिम्बावे, मोजाम्बिक, नामिबिया र लेसोथो सबैतिर यस किसिमको वृद्धि देखा परिरहेको छ ।